कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलाममा आजबाट राष्ट्रिय परिचयपत्र वितरण

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
इलाममा आजबाट राष्ट्रिय परिचयपत्र वितरण

फिक्क्ल: जिल्ला प्रशासन कार्यालय इलामले आजदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ ।बिवरण पेश भई राष्ट्रिय परिचयपत्र छापिएर आए पछि प्रशासनले बितरण शुरु गरेको हो ।
पहिलो चरणमा पाँच सय थान परिचयपत्र वितरण सुरु गरिएको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनु भयो ।उहाले भन्नु भयो‘हामीले बिवरण पठाएका मध्ये पहिलो चरणमा पाँच सयको आएको छ, अरु अब क्रमश आउछ ।’
प्रजिअ पोखरेलका अनुसार परिचयपत्र लिन व्यक्ति स्वयम् ब्यक्ति नै उपस्थित हुनुपर्ने छ । प्रशासनले फिङ्गर प्रिन्ट रुजु गर्न र पिन नम्बर समेत रहेकाले परिचयपत्र लिन व्यक्ति नै आउनु पर्ने जनाएको छ ।
कार्यालयमा एक हजार सात सय ७९ वटा परिचयपत्र आएको भए पनि सुरुमा पाँच सय थान वितरण गरिने जनाईएको छ । जिल्ला प्रशासन कार्यालयमै आएर फोटो खिचाएकाको परिचयपत्र वितरण गरिने प्रशासनले जनाइएको छ । जिल्ला प्रशासन कार्यालयमा प्रजिअ पोखरेल आए पछि कामलाई छिटो छरितो बनाईएको छ । सिफ्ट बिभाजन गरेर प्रशासनले बिहान समेत सेवाग्राहीलाई थप सुविधा दिदै आएको छ ।

TOP