कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलाम बजारको माइपोखरी डेन्टल र दुर्गा मेडिकललाई २ लाखका दरले जरिमाना

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
इलाम बजारको माइपोखरी डेन्टल र दुर्गा मेडिकललाई २ लाखका दरले जरिमाना

फिक्कल: इलाममा सञ्चालित माईपोखरी डेण्टल र दुर्गा मेडिकललाई २ लाखका दरले जरिमाना गराइएको छ । वन्लि फर हस्पिटल सप्लाई नामक औषधि बेचेको फेला परेपछि दुर्गा मेडिकल र माईपोखरी डेन्टललाई जरिवाना गराइएको हो ।
जिल्ला प्रशासन कार्यालय इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद कोइराललाको नेतृत्वमा गएको अनुगमन टोलिले दुर्गा मेडिकल र माईपोखरी डेन्टलमा वन्ली फर हस्पिटल सप्लाई उल्लेख भएको बेटाडिन बिक्रीबिवरण भैरहेको फेला पारेको थियो ।
आइतबार कोईरालाको नेतृत्वमा स्वास्थ्य कार्यालय, इलाम नगरपालिका स्वास्थ्य शाखा, घरेलु कार्यालय, जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलिले जरिमानाको लागि सात दिनको म्याद दिँदै पसलमै पुगेर पत्र थमाएको छ ।
उपभोक्ता मूल्य नरहेको उक्त औषधिमा जति पनि मूल्यमा बेचविखन हुने र यस्तो कार्य उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा १६ (२) क बमोजिम क्रियाकलाग भएको हुँदा उक्त ऐनको दफा ३८ (ङ) को कसुरमा दफा ३९ (१) ख बमोजिम दुईलाख रुपैया जरिवाना गरिएको सहायक प्रजिअ कोईरालाको भनाई छ ।
इलाम बजारमा भएका मेडिकलमा भएको अनुगमनको क्रममा सामान्य मापदण्ड पुरा नभएका औषधि पसल तथा मेडिकललाई समेत निगरानीमा राखिने भएको छ ।

TOP