कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

पाटेनागीमा बृक्षारोपण

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
पाटेनागीमा बृक्षारोपण


फिक्क्ल: इलाम नगरपालिकाको पर्यटकीय स्थल पाटेनागीमा गुराँसका बिरुवा रोप्ने अभियान शुरु गरीएको छ । जैविक विविधताले भरीपूर्ण पाटेनागीमा मासिँदै गएको गुराँसको संरक्षण गर्ने उद्देश्यले वृक्षारोपण अभियानको काम शुरु गरीएको हो ।
इलाम नगरपालिकाको आयोजना र पाटेनागी पर्यटन प्रवद्र्धन विकास समितिको सहयोगमा गुराँसका विरुवा रोपन थालिएको छ । जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकास राई, इलाम नगरपालिका प्रमुख केदार थापा, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, नेपाल प्रहरीका प्रमुख दिलिप घिमिरे, नेपाली सेना गणिथुम्का ब्यारेकका प्रमुख सुनिल सुवेदी, इलाम नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्का, वडाअध्यक्षहरु, पर्यटनकर्मी लगायतको उपस्थितिमा बिरुवा रोप्ने अभियान थालिएको नगर पालिकाका प्रवक्ता नुतनदेव दुलालले जानकारी दिनु भयो । नगरपालिकाले उक्त क्षेत्रलाई गुराँसको जंगलका रुपमा बिकास गर्ने योजनाका साथ बिरुवा रोप्न थालिएको नगर प्रमुख केदार थापाले जानकारी दिनु भयो । उहाले उक्त क्षेत्रमा हजारौको संख्यामा बिभिन्न प्रजातीका गुराँसका बिरुवा रोपीने बताउनु भयो ।
इलाम नगरपालिकाले पर्यटकीय क्षेत्रको बिकास ,सौन्दयकरण, रैथाने जातका बोट बिरुवाको संरक्षण गर्दै वातावरणलाई स्वच्छ राख्ने निति अनुरुप वृक्षारोपण गर्दै आएको छ ।

TOP