कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

पशुपतिनगरमा पर्यटन सूचना केन्द्र र ट्याक्सी पार्किङ स्थलको उद्घाटन

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
पशुपतिनगरमा पर्यटन सूचना केन्द्र र ट्याक्सी पार्किङ स्थलको उद्घाटन

फिक्कल:
नेपाल भारत सीमा क्षेत्र रहेको इलामको सूर्योदय नगरपालिकाको पशुपतिनगारमा एकै पटक पर्यटन सूचना केन्द्र र ट्याक्सी पार्किङ्ग स्थलको उद्घाटन गरिएको छ ।बिहिबार सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राई र नगर उपप्रमुख दुर्गा कुमार बरालले संयुक्त रुपमा पर्यटन सूचना केन्द्र र ट्याक्सी पार्किङ्ग स्थलको उद्घाटन गर्नु भएको हो ।

बाहय तथा आन्तारिक रुपमा नेपालमा आउने पर्यटकलाई धार्मिक क्षेत्र, सांस्कृतिक क्षेत्र ,पर्यटकीय क्षेत्र लगायत यातयातकोको विषयमा जानकारी दिने उद्देश्यल सूचना केन्द्रको स्थापन गरीएको नगर प्रमुख राइृले जानकारी दिनु भयो ।
८० वटा सावारी एकै पटक पाकिङ गर्न सक्ने क्षमता भएको ट्याक्सी पार्किङ्ग ३ रोपनी ८ आना जमिनमा निर्माण भएको छ ।नगर प्रमुख राईले पर्यटन सूचना केन्द्र र ट्याक्सी पार्किङ्गको निर्माणले पर्यटन पर्यटन ब्यवसायी, यातायत ब्यवसायी, पर्यटकलाई सहज भएको बताउनु भयो ।
उद्घाटन कार्यक्रममा नगर उप प्रमुख दुर्गा कुमार बराल , प्रमुख प्रशासकीय अभिकृत मिलन भट्टराई , वडा नं. २ का वडाध्यक्ष डिक बम्जन लगायत स्थानीय राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।

TOP