कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

सूर्योदयको अन्तु स्वास्थ्य चौकी इलाम जिल्लाकै उत्कृष्ठ

  • प्रकाशित मितिः November 16, 2025
  • हाम्रो पालिका
सूर्योदयको अन्तु स्वास्थ्य चौकी इलाम जिल्लाकै उत्कृष्ठ

फिक्कल:
इलामको सूर्योदय नगरपालिका ४ को अन्तु स्वास्थ्य चौकी जिल्लाका स्वास्थ्य चौकी मध्ये उत्कृष्ठ भएको छ छ । न्यूनतम सेवा मापदण्डले तोकेका सूचक, विरामी वर्गमा सेवा प्रवाह, सुशासन व्यवस्थापन, सहयोग व्यवस्थापन लगायतका आधारमा उत्कृष्ठ घोषणा भएको हो ।
गत आर्थिक बर्ष २०७९÷८० मा स्वास्थ्य चौकीले शुसासन ब्यवस्थापन , किल्निकल ब्यवस्थापन र सहयोग सेवा ब्यवस्थापन गरी ४०० बढी इन्डिकेटर मध्ये उत्कृष्ठ सेवा प्रवाह गरेको मुल्याङका आधारमा जिल्ला स्वास्थ्य कार्यालय इलामले अन्तु स्वास्थ्य चौकीलाई जिल्लाकै उत्कृष्ठ घोषणा गरेको छ । निर्धारण गरीएको इन्डिकेटर मध्ये जम्मा १०० अंकमा अन्तु स्वास्थ्य चौकीले ८० अंक प्राप्त गरी जिल्लाकै उत्कृष्ठ भएको सूर्योदय नगरपालिकाका जनस्वाथ्य निरीक्षक रविन खत्रीले जानकारी दिनु भयो ।
खत्रीका अनुसार नगर स्वास्थ्य शाखाको शिफारिसमा जिल्ला स्वास्थ्य कार्यालयले उत्कृष्ठ काम र अंकको आधारमा छनौट गरी एक कार्यक्रममा अन्तु स्वास्थ्य चौकीलाई सम्मान समेत गरेको छ ।
स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यले स्वास्थ्य निर्देशिका बमोजिमका मापदण्डको सफल कार्यान्वयन गरी नागरिकको पहुँच पुग्ने गरी काम गर्ने स्वास्थ्य चौकीलाई उत्कृष्ठ घोषणा गरी सम्मान गर्ने कार्यक्रम अनुसार अन्तु स्वास्थ्य चौकीलाई उत्कृष्ठ घोषणा गरिएको जानकारी दिनु भयो ।

नगरपालिकाले अन्तु स्वास्थ्य चौकीमा ल्याव सेवा , भवन मर्मत ,रङरोकन गरी न्यूनतम सेवामा आवश्यक पर्ने औजार र औषधीको समेत पूर्ण रुपमा ब्यवस्थापन गरेको थियो । जनस्वाथ्य निरीक्षक खत्रीले स्वास्थ्य मापदण्ड पुरा गर्न नगरले एक्सन प्लान बनाएर काम गरेको र नगरपालिका , स्थानीय जनप्रतिधि, स्वास्थ्य ब्यवस्थापन समिति र स्थानीयले समेत उल्लेखीय भूमीका खेल्दा अन्तु स्वास्थ्य चौकीलाई जिल्लाकै उत्कृष्ठ बनाउन सफल भएको बताउनु भयो ।

TOP