प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

सूर्योदयको अन्तु स्वास्थ्य चौकी इलाम जिल्लाकै उत्कृष्ठ

  • प्रकाशित मितिः June 10, 2026
  • हाम्रो पालिका
सूर्योदयको अन्तु स्वास्थ्य चौकी इलाम जिल्लाकै उत्कृष्ठ

फिक्कल:
इलामको सूर्योदय नगरपालिका ४ को अन्तु स्वास्थ्य चौकी जिल्लाका स्वास्थ्य चौकी मध्ये उत्कृष्ठ भएको छ छ । न्यूनतम सेवा मापदण्डले तोकेका सूचक, विरामी वर्गमा सेवा प्रवाह, सुशासन व्यवस्थापन, सहयोग व्यवस्थापन लगायतका आधारमा उत्कृष्ठ घोषणा भएको हो ।
गत आर्थिक बर्ष २०७९÷८० मा स्वास्थ्य चौकीले शुसासन ब्यवस्थापन , किल्निकल ब्यवस्थापन र सहयोग सेवा ब्यवस्थापन गरी ४०० बढी इन्डिकेटर मध्ये उत्कृष्ठ सेवा प्रवाह गरेको मुल्याङका आधारमा जिल्ला स्वास्थ्य कार्यालय इलामले अन्तु स्वास्थ्य चौकीलाई जिल्लाकै उत्कृष्ठ घोषणा गरेको छ । निर्धारण गरीएको इन्डिकेटर मध्ये जम्मा १०० अंकमा अन्तु स्वास्थ्य चौकीले ८० अंक प्राप्त गरी जिल्लाकै उत्कृष्ठ भएको सूर्योदय नगरपालिकाका जनस्वाथ्य निरीक्षक रविन खत्रीले जानकारी दिनु भयो ।
खत्रीका अनुसार नगर स्वास्थ्य शाखाको शिफारिसमा जिल्ला स्वास्थ्य कार्यालयले उत्कृष्ठ काम र अंकको आधारमा छनौट गरी एक कार्यक्रममा अन्तु स्वास्थ्य चौकीलाई सम्मान समेत गरेको छ ।
स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यले स्वास्थ्य निर्देशिका बमोजिमका मापदण्डको सफल कार्यान्वयन गरी नागरिकको पहुँच पुग्ने गरी काम गर्ने स्वास्थ्य चौकीलाई उत्कृष्ठ घोषणा गरी सम्मान गर्ने कार्यक्रम अनुसार अन्तु स्वास्थ्य चौकीलाई उत्कृष्ठ घोषणा गरिएको जानकारी दिनु भयो ।

नगरपालिकाले अन्तु स्वास्थ्य चौकीमा ल्याव सेवा , भवन मर्मत ,रङरोकन गरी न्यूनतम सेवामा आवश्यक पर्ने औजार र औषधीको समेत पूर्ण रुपमा ब्यवस्थापन गरेको थियो । जनस्वाथ्य निरीक्षक खत्रीले स्वास्थ्य मापदण्ड पुरा गर्न नगरले एक्सन प्लान बनाएर काम गरेको र नगरपालिका , स्थानीय जनप्रतिधि, स्वास्थ्य ब्यवस्थापन समिति र स्थानीयले समेत उल्लेखीय भूमीका खेल्दा अन्तु स्वास्थ्य चौकीलाई जिल्लाकै उत्कृष्ठ बनाउन सफल भएको बताउनु भयो ।

TOP