कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

नेपाल भारत सीमाको पशुपतिनगर–मानेभञ्ज्याङ सडकको उद्धघाटन

  • प्रकाशित मितिः November 14, 2025
  • हाम्रो पालिका
नेपाल भारत सीमाको पशुपतिनगर–मानेभञ्ज्याङ सडकको उद्धघाटन

फिक्क्ल्: नेपाल–भारत सीमानाको पशुपतिनगर देखि मानेभञ्ज्याङ जोड्ने सडकको उद्धघाटन गरिएको छ । ३ करोड ७१ लाख रुपैया लागतमा निर्माण थालिएको सूर्योदय नगरपालिका वडा नं २ को पशुपतीनगर बजार देखि वडा नं १ नेपाल भारत सीमामा रहेको मानेभञ्ज्याङ बजार सम्मको पहिलो चरणको ढलानको काम सम्पन्न भई सडक उद्घाटन गरीएको हो ।
सडक निर्माणपछि आफ्नै जिल्लाको अर्को गाउँ पुग्न पनि भारतीय भू–भाग भएर जानुपर्ने बाध्यता अन्त्य हुने भएको छ । बिहिबार एक कार्यक्रमका बिच सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले सडक उद्धघाटन गर्नु भयो । उद्धघाटन कार्यक्रममा सूर्योदय वडा नं ३ का अध्यक्ष लोकबहादुर प्रधान, सूर्योदय–२ का निवर्तमान वडाध्यक्ष चन्द्र सुब्बा, नेकपा एकिकृत समाजवादी सूर्योदय अध्यक्ष कमल गदाल, नेपाली कांग्रेसका नेता हिमाल मास्के लगायतको उपस्थिती रहेको थियो ।
संघीय सरकार, प्रदेश सरकार र सूर्योदय नगरपालिकाको समन्वयमा डिभिजन सडक कार्यालयले १ हजार २ सय मिटरको सडक ढलानको कार्य गरेको छ । सो सडक खण्ड सूर्योदय नगरपालिकाको पशुपतीनगर हुँदै पाँचथरसम्म जोड्ने रिङ रोड अन्र्तगत पर्छ ।
सडक निर्माणको जिम्मा भगवती बौद्ध सोहिना जेभीले लिएको थियो । असार २० सम्ममा सम्पन्न गर्ने गरी गत चैत २० मा सडकको ठेक्का लागेको थियो । अब आन्तरिक पर्यटकलाई नेपाली भु–भाग हुँदै प्रसिद्ध चित्रेगुम्बा लगायत उच्च पहाडी क्षेत्रका दर्जनौं पर्यटकीयस्थल पुग्नसमेत सहज हुने भएको छ ।

TOP