कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलामको मंगलबारे–कमेरे सडक निर्माणमा देखिएका कमीकमजोरी सुधार गर्दै सडक निर्माण गर्ने सहमती

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
इलामको मंगलबारे–कमेरे सडक निर्माणमा देखिएका कमीकमजोरी सुधार गर्दै सडक निर्माण गर्ने सहमती


फिक्कल
इलामको मङलबारे पुङ्फुङ सडक अन्तर्गत देउमाइखोला – कमेरे खण्डको सडक निर्माणमा भएका कमीकमजोरी सुधार गरेर काम गर्ने सहमती भएको छ ।
बुधबार जिल्ला समन्वय समिति उप प्रमुख चित्रकला बराईलीको नेतृत्वमा भएको अनुगमनका क्रममा समन्वय समिति , फाकफोकथुम गाउँपालिकाका जनप्रतिनिधि , निर्माण ब्यवसायी र स्थानीय बिचमा भएका कमीकमजोरीको सुधार गर्दै सडक निर्माण कार्य सम्पन्न गर्ने सहमती भएको हो ।
स्थानीयले कमसल काम भएको गुनासो गरेपछि समन्वय समितिको अगुवाईमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा केहि स्थानमा सडकको ग्राभेल उक्कीएको पाईएको उप प्रमुख बराईलीले जानकारी दिनु भयो । उहाले उक्कीएको ठाउँमा ग्राभेल थप्ने र मौसममा सुधार आए पछि मात्र सडक कालोपत्रे गर्ने सहमती भएको जानकारी दिनु भयो ।
उप प्रमुख बराइली सहित फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल, उपाध्यक्ष कल्पना राई , निर्माण ब्यवसायी सन्तोष कट्वाल , प्राविधिक सहित स्थानीय सरोकारवाला बिच सडक निर्माण भैरहेको कमेरेमा छलफल भएको थियो ।
छलफलमा निर्माण ब्यवसायी कटवालले सडक निर्माणका क्रममा देखिएका कमीकमजोरी सुधार गर्दै जाने , कमसल भनीएका स्थानमा थप सुधार गरेर मात्र कालोपत्रे गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
मंगलबारे कमेर ९ दशमलब ५ किलोमिटर र इभाङ क्षेत्रको १३ दशमलब २ किलोमिटर सडक भ्याट बाहेक ५२ करोड ९४ लाखमा गुजुमुखी जेभीले ठेक्का सम्झौता गरी काम गरीरहेको छ । सडकको नाली र ग्राभेलको काम सम्पन्न भई कालोपत्रे हुने क्रममा रहेको छ । जस मध्ये ६ किलोमिटर कालोपत्रे भैसकेको छ । एडीबीको आर्थिक सहयोगमा प्रदेश सरकार मार्फत उक्त सडकको निर्माण भैरहेको छ । फाकफोकथुम गाउँपालिका उपाध्यक्ष कल्पना राईले गुणस्तरीय काम गराउनका लागि गाउँपालिकाले निरन्तर पहल गरीरहेको जानकारी दिनु भयो । गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले निर्माण ब्यवसायी संग सरोकारवाला बिच सहमति भैसकेकाले गुणस्तरीय काम हुँनेमा आफु ढुक्क् रहेको बताउनु भयो ।

TOP