कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

राष्ट्रिय जनगणना २०७८ को इलामको नतिजा सार्वजनिक

  • प्रकाशित मितिः November 12, 2025
  • हाम्रो पालिका
राष्ट्रिय जनगणना २०७८ को इलामको नतिजा सार्वजनिक

इलाम : तथ्याङ्क कार्यालय पाँचथरले राष्ट्रिय जनगणना २०७८ को इलामको नतिजा सार्वजनिक भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालयमा आयोजित जिल्ला स्तरीय नतिजा सार्वजनिक कार्यक्रममा जिल्ला स्थित सरोकारवालाहरुको सहभागिता थियो ।

सार्वजनिक तथ्यांकअनुसार इलामको कुल जनसंख्या  दुई लाख ७९ हजार पाँच सय ३४ छ । तथ्यांकअनुसार पुरुषभन्दा महिलाको संख्या बढी छ । पुरुषको संख्या एक लाख ३९ हजार चार सय ३१ पुरुष र महिलाको संख्या एक लाख ४० हजार एक सय तीन छ ।

तथ्यांकअनुसार सबैभन्दा धेरै सूर्योदय नगरपालिकाको ५४ हजा सात सय २७ र सबैभन्दा कम सन्दकपुर गाउँपालिकाको १५ हजार चार सय ४४ छ । लैंगिक अनुपात ९९ दशमलव ५२ प्रतिशत रहेको छ ।

इलामको जनसंख्या २०६८ को भन्दा शुन्य दशमलव ३ प्रतिशतले घटेको छ । १० वर्षअघि इलामको जनसंख्या २ लाख ९० हजार २ सय ५४ थियो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जुनसुकै कार्यका लागि पनि सही तथ्यांक आवश्यक पर्ने हुँदा वास्तविक तथ्यांक आउनु पर्नेमा जोड दिए । कार्यक्रममा तथ्याङ्क कार्यालय पाँचथरका तथ्याङ्क अधिकृत प्रेम नेपालले इलामको नजगणनाको नतिजा  सार्वजनिक गरेका थिए ।

जनगणना २०७८ अनुसार, नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ। जसमा महिलाको संख्या एक करोड ४९ लाख ११ हजार २७ अर्थात् ५१ दशमलव ०२ प्रतिशत छ भने पुरुषको संख्या एक करोड ४२ लाख ५३ हजार ५५१ अर्थात् ४८ दशमलव ९८ प्रतिशत छ। त्यस्तै, अन्य लिङ्गीको संख्या दुई हजार ९२८ रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ। यो देशको जनसंख्याको शुन्य दशमलव ००१ प्रतिशत हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले गत कात्तिक २५ देखि मंसीर ९ गतेसम्म जनगणना गरेको थियो। तथ्याङ्क कार्यालयले हरेक १० वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ। जनगणनामा देशभर अक्सर बसोबास गर्ने सम्पूर्ण व्यक्तिको निश्चित समय अवधिभित्र गणना गरी व्यक्तिगत तथा पारिवारिक विवरणसँग सम्बन्धित तथ्याङ्क सङ्कलन गरिएको थियो । तथ्यांकले समग्र मुलुक, जिल्ला, पालिका र वडाका बिकास, ऐन, नीति निर्माणमा सहयोग पुरयाउँछ ।

राष्ट्रिय जनगणना २०७८ को इलाम जिल्लाको सम्पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् :

TOP