कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलाम बजारबाट अनुदानको मल जफत, पसल सञ्चालकलाई २ लाख रुपैयाँ जरिवाना

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
इलाम बजारबाट अनुदानको मल जफत, पसल सञ्चालकलाई २ लाख रुपैयाँ जरिवाना

इलाम : इलाममा सहकारी मार्फत् किसानलाई बाँड्नुपर्ने रासायनिक मल बेच्ने कृषि बिज भण्डारलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । सदरमुकामको मालापथमा भेषराज पराजुलीले सञ्चालन गरेको पसलमा सहकारी मार्फत् किसानलाई बाँड्नुपर्ने अनुदानको रासायनिक मल फेला परेपछि जरिमाना गराईएको हो ।

गएको बुधबार बजार अनुगमन गर्ने क्रममा उक्त कृषि विज भण्डारमा अनुदानको रासायनिक मल फेला परेपछि बिभिन्न संचार माध्यमले निरन्तर समाचार प्रकाशन गरिरहेको थियो ।

अनुदानको मल विक्री अनुमति बेगर नै मल बिक्रि गरेको पाइएपछि प्रशासनले मल गोदाम नै शिल गरेको थियो भने तीन दिनभित्रमा कागजात बुझाउन समय दिइएको थियो । म्याद असार १७ मा सकिँदासम्म पसलले मलको अधिकारिकताबारे कुनै प्रमाण दिन नसकेपछि आइतबार जरिमाना सहित गोदाममा राखिएको मल जफत गराएको छ ।

पराजुलीले सञ्चालन गरेको पसलमा अनुगमनमा ३४ बोरा युरिया र १८ बोरा डिएपी मल भेटिएको थियो । पसल सञ्चालकले झापाको चारआलीबाट मल ल्याएको भने पनि त्यससम्बन्धी कुनै पनि प्रमाण नभएपछि छानबिन गरिएको थियो । उता सहकारीलाई पनि छानबिन भइरहेको बताइएको छ ।

TOP