कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलामको कृषि बीज भण्डारको गोदाममा सिलबन्दी

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
इलामको कृषि बीज भण्डारको गोदाममा सिलबन्दी

गोपाल निरौला:

नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मल इलामका सहकारीले महंगो मूल्यमा विचौलियालाई बेच्ने गरेको पाइएको छ ।बास्तविक किसानले अनुदानको मल नपाईरहँदा सहकारीले विचौलियालाई बेच्ने गरेको पाइएको हो ।किसानबाट व्यापक गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय इलामले आज (बुधबार) अनुगमन गर्ने क्रममा इलाम बजारमा रहेको कृषि विज भण्डारमा ५२ बोरा रासायनिक मल फेला पारेको थियो । अनुदानको मल विक्री अनुमति नभएको पाइएपछि प्रशासनले मल गोदाम शिल गरेको छ ।सहायक प्रमुख जिल्ला अधिकारी ध्र्र्रुव प्रसाद कोईरालाको नेतृत्वमा रहेको अनुगमन टोलीले आवश्यक कागजात सहित तीन दिन भित्रमा प्रशासनमा उपस्थित हुन विज भण्डारका संचालकलाई निर्देशन दिएको बताए ।कोईरालाले ताकिएको समयमा आवश्यक कागजपत्र नजुटाएमा कानुन बमोजिम कारबाही गरिने बताए । नेपालटामा रहेको सूर्यज्योति सहकारीले एक सय २० बोरा अनुदानको मल किसानलाई नदिई उक्त कृषि विज भण्डारलाई विक्री गरेको थियो ।कृषि सामाग्री कम्पनी इलामबाट यो सहकारीले तीन सय ७० बोरा यूरिया र एक सय ५२ बोरा डिएपी मल पाएको छ ।यता सहकारीका व्यवस्थापक अमर खत्रीले मल विक्री नगरेको भन्दै गोदाममा मात्र राखिएको बताए । तर खत्रीले राखिएको भनेको गोदामबाट कृषि विज भण्डारले खुलेआम चर्को मूल्यमा मल विक्री गरिरहेको प्रमाण फेला परेको छ ।उता अनुगमनको टोलीलाई भने कृषि विजका संचालकले झापाको चारआलीबाट मल खरिद गरेको बताएपनि उनले खरिद गरेको आवश्यक कागजपत्र देखाउन सकेनन् । कृषि सामाग्रीका अनुसार सहकारीले यूरिया ९ सय नौ र डिएपी २३ सय उन्सठ्ठी रुपैयाँ प्रतिबोरामा पाउँछन् ।तर केही सहकारीले सस्तो मूल्यको मल किसानलाई नभई विचौलियालाई बेच्ने गरेका हुन् । पछिल्लो समय इलामका पालिकाहरुलाई कोटा निर्धारण गरेर कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनीले रासायनिक मल उपलब्ध गराउँदै आएको छ ।पालिकाहरुले सहकारी मार्फत किसानलाई वितरण गर्नुपर्ने मल विचौलियाको हातमा पुग्ने गरेको छ ।विचौलियाले किसानबाट चर्को मूल्य अशुल्ने गरेका छन् ।नियमित अनुगमन नहुँदा अनुदानको मलमा सहकारीको मनपरी बढ्दो रहेको किसान बताउँछन् ।ऐन भन्दा बाहिर गएर सहकारीले मल विक्री गरेको पाइएमा सहकारीको मल विक्री इजाजत खारेज हुने व्यवस्था रहेको छ ।

TOP