कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

रेमीको सूर्योदय नगरपालिकामा कार्यशाला समपन्न

  • प्रकाशित मितिः November 14, 2025
  • हाम्रो पालिका
रेमीको सूर्योदय नगरपालिकामा कार्यशाला समपन्न
फिक्कल:

वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरुलाई पुन एकीकरण गराउने उदेश्य सहित पुन एकीकरण ( रेमी ) परियोजनाले सूर्योदय नगरपालिकामा सरोकारवालाहरूसँग प्रथम कार्यशाला गोष्ठी आज सम्पन्न गरेको छ ।
नेपाल सरकार र स्वीजरल्याण्ड सरकार बिच द्विपक्षीय सम्झौता भए पश्चात कोशी प्रदेश र मधेश प्रदेशको दश दश वटा स्थानिय तहमा परियोजना सञ्चालन हुने भए पछि यस परियोजनाले सूर्योदय नगरपालिकामा गर्ने कामहरुको विषयमाथि सरोकारवालाहरुलाई जानकारी गराएको हो। सूर्योदय नगरपालिकाका नगरप्रमुख रण बहादुर राईको अध्यक्षतामा संञ्चालन भएको गोष्ठीमा राईले नितिगत कुरा परियोजना कसरी आयो र परियोजना किन आवश्यक छ यसको महत्व लगायतको बारेमा प्रस्टाउनु भएको थियो।
प्रमुख प्रशासकीय अधिकृत मिलन मट्टराइले बैदेशिक रोजगारमा जानु पर्ने अवस्था बैदेशिक रोजगरमा रहेका नेपालीको तथायाङक लगायतको विषयमा प्रस्ट्याउनु भएको थियो ।
उक्त परियोजना को लागि प्रदेश संयोजक रिता विश्वासले समग्र परियोजना बैदेशीक रोजगारी बाट फर्किएका श्रमीकहरुलाई स्वदेश भित्र सामाजिक आर्थिक सांस्कृतिक र राजनितिक जीवनमा सक्रिय रुपमा स्थापीत गराउने उदेश्य रहेको बताउनु भयो ।
कार्यक्रमको नेपाल परियोजना हेर्ने मधु लन्सकर र सामाजिक पुर्नएकीकरण विज्ञ सपना थापाले परियोजनाका बारेमा थप प्रस्ट्याउनु भएको थियो । सूर्योदय हेर्ने कार्यक्रम संयोजक इश्वरी तामाङले संञ्चालन गर्नु भएको कार्यक्रममा नगरपालीकाको उपप्रमुख दुर्गा कुमार बराल, विभिन्न वडाका वडाअध्यक्ष कार्यपालिका सदस्य विषय गत शाखाका शाखा प्रमुख संघ संस्थाका प्रतिनिधी लगायत सरोकारवालाहरूको उपस्थिती रहेको थियो।

TOP