कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

लुङ्खिम भाषाको प्रशिक्षण सम्पन्न

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
लुङ्खिम भाषाको प्रशिक्षण सम्पन्न

फिक्क्ल: इलामको सूर्योदय नगरपालिका ११ मा लुङ्खिम राई भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । लोप हुँदै गएको भाषालाई बचाउनका लागि सूर्योदय नगरपालिकाको आयोजनामा ३० दिने भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
लुङ्खिम राई समाजका अध्यक्ष जंग बहादुर राईको अध्यक्षता तथा सूर्योदय नगरपालिकाका नगर उपप्रमुख दुर्गा कुमार बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहभागीलाई प्रमाणपत्र बितरण गरिएको थियो ।
कार्यक्रमा वडा नं.११ का वडा अध्यक्ष सन्तोष राई , कार्यपालिका सदस्य लतादेवी अधिकारी, वडा समिति सदस्य पूर्ण बहादुर राई लगायतको उपस्थिति रहेको थियो । सूर्योदय नगरपालिकाको आर्थिक सहयोग तथा लुङ्खिम राई समाज नेपालको आयोजनमा सूर्योदय नगरपालिका १०, ११ र १२ भित्र बसोबास गर्ने ३० बढीलाई प्रशिक्षण दिइएको थियो ।
२०७८ सालमा भाषा आयोगले लुङ्खिम भाषाको शब्दकोष निमार्ण, वर्ण पहिचान र आधारभूत तहको पाठ्यपुस्तक निमार्ण गरी समाजलाई हस्तान्तरण गरिसकेको र सोको आधारमा भाषा विज्ञ अरुण कुमार राईले प्रशिक्षण गराउनु भएको जानकारी समाजका अध्यक्ष राईले जानकारी दिनु भयो ।कार्यक्रममा उप प्रमुख दुर्गा बरालले भाषा संस्कृति संरक्षण्मा नगरले सहयोग गर्ने बताउनु भयो ।

TOP