कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

सापकोटाले निर्माण गर्नु भएको मन्दिर बिष्णुज्योतिलाई हस्तान्तरण

  • प्रकाशित मितिः November 28, 2025
  • हाम्रो पालिका
सापकोटाले निर्माण गर्नु भएको मन्दिर बिष्णुज्योतिलाई हस्तान्तरण


फिक्कल: इलामको सूर्योदय नगरपालिका ९ मा रहेको बिष्णुज्योति आधारभूत बिद्यालयलाई सरस्वतीको मन्दिर हस्तान्तरण गरिएको छ । स्थानीय खेटकुमारी सापकोटाले निजि लगानीमा बिद्यालय परिसरमा निर्माण गर्नु भएको मन्दिर एक कार्यक्रमको आयोजना गरी पुजा गरेर बिद्यालयलाई हस्तान्तरण गरिएको हो । सापकोटाले आफुले पाएको सामाजिक सुरक्षा भत्ताबाट बचाएर मन्दिर निर्माण गर्नु भएको हो ।
बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष बेदप्रसाद दुलालको अध्यक्षता तथा वडाध्यक्ष देवेन्द्र शर्माको प्रमुख आतिथ्यता र मन्दिर निर्माण कर्ता सापकोटाको सहभागीतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वडाध्यक्ष शर्माले बृद्ध आमाले बिद्यालय प्रति देखाउनु भएको सदभाव सबैका लागि अनुकरणीय भएको बताउनु भयो । कार्यक्रममा बिद्यालयको आय-ब्यय अर्चन ढुंगानाले प्रस्तुत गर्नु भएको थियो भने स्वागत मन्तब्य बिद्यालयका प्रधानाध्यापक संगीता घिमिरेले राख्नु भएको थियो ।

TOP