कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

सूर्योदय नगरपालिकामा हस्तलेखन प्रतियोगिता सम्पन्न, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका बिजेतालाई नगद सहित सम्मान

  • प्रकाशित मितिः November 12, 2025
  • हाम्रो पालिका
सूर्योदय नगरपालिकामा हस्तलेखन प्रतियोगिता सम्पन्न, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका बिजेतालाई नगद सहित सम्मान

फिक्क्ल: सूर्योदय नगरपालिकाको शिक्षा क्षेत्रमा गरिने बाह्र महिना बाह्र कार्यक्रम अन्र्तगत हस्त लेखन प्रतियोगिता शुक्रबार फिक्कल माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । हस्त लेखन प्रतियोगितामा छनोट चरण पार गरेर आएका नौ वटा सामुदायिक तथा संस्थागत विद्यालयको सहभागिता रहेको थियो ।


१८ जना विद्यार्थीहरुले नेपाली र अंग्रेजी हस्तलेखनमा सहभागीता जनाएका थिए। प्रतियोगितामा कक्षा १ देखि ५ सम्मका एक समुह र कक्षा ६ देखि ८ सम्मका विधाथीहरूले सहभागीता जनाए थिए। प्रतियोगितामा १ देखि ५ मध्ये प्रकृति कट्टेल प्रथम बालगुरू ज्ञानविज्ञान विद्यालय, सुम्निमा राई दोस्रो पञ्चकन्या अंग्रेजी विद्यालय, मुनिशा थापा अरुणोदय अंग्रेजी विद्यालय तेस्रो भएका थिए ।
पहिलो दोस्रो र तेस्रो हुने विधार्थीलाई नगद ५ हजार, ३ हजार र २ हजार सहित सम्मान पत्रले सम्मान गरिएको थियो । त्यसै गरी मेयर शिक्षा सुधारकोष अर्न्तगत छात्रवृतिका लागि सूर्योदय नगरपालिका भित्रका शैक्षिक संस्थामा अध्यनरत १२ जना विद्यार्थी तथा अविभावक सँग औपचारिक सम्झौता नगर प्रमुख रण बहादुर राईले गर्नु भएको थियो।
कार्यक्रममा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विभिन्न खेलकुद विद्यामा पहिलो दोस्रो र तेस्रो स्थान हासिल गर्ने सूर्योदय नगरपालिकाका खेलाडीलाई नगद पुरस्कार सहित सम्मान पत्रले सम्मान गरेको जानकारी शिक्षा शाखाका प्राविधिक साहायक नविन पौड्यालले दिनुभयो ।
सोहि अवसरमा नगरपालिकाले विभिन्न शैक्षिक क्षेत्र ९ प्राविधिक ० को बाह्र जना विद्यार्थीहरुलाई छात्रवृत्ति दिइएको छ। विद्यार्थी श्री संगम दर्जी पशु विज्ञान विषयमा अध्ययनरत विद्यार्थीलाई ३ बर्षको निम्ति ९०,००० , कन्चना आचार्य बन विज्ञान विषयमा अध्ययनरत छात्रालाई ३ बर्षको निम्ति ९०,००० , स्नेहा खड्का सिए अध्ययनरत छात्रालाई ५०,००० लगायत अन्य गरी पाचँ लाख बाह्र हजार उपलब्ध गराइएको छ।


शिक्षा युवा तथा खेलकुद शाखा सूर्योदय नगरपालिकाको आयोजनामा नगर खेलकुद विकास समितिका अध्यक्ष सौरभ आचार्यको अध्यक्षता , नगर प्रमुख रण बहादुर राईको प्रमुख आतिथ्यता, वडा नं. २ का वडा अध्यक्ष एव सामाजिक विकास समितिका संयोजक डिक बम्जन, वडा नं.३ का वडा अध्यक्ष लोक बहादुर प्रधान, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र वास्तोला, सूर्योदय शिक्षा शाखाका स्रोत व्यक्ती सुर्दशन प्रसाद खतिवडा, सूर्योदय नगरपालिकाका खेलकुद प्रशिक्षक एव अन्तराष्ट्रिय कराँते प्रशिक्षक प्रदिप सैजु, विभिन्न विद्यालयका प्रधानाध्यापक लगायतको उपस्थितीमा कार्यक्रम सञ्चालन भएको थियो।
कार्यक्रमको अवसर पारेर खेलाडी सम्मान, मेयर शिक्षा सुधारकोष छात्रवृतिका लागि सम्झौता, आई सि.टि. ल्याब सामग्री वितरण तथा खेलकुदमा प्रयोग गरिने म्याट वितरण गरिएको थियो।

TOP