अर्थ वाणिज्य इलामको सूर्योदयमा १५ दिन भित्रमा मालपोत र नापी कार्यालय स्थापना हुने अर्थ वाणिज्य ६ लाख ९० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा इलाममा सम्पन्न जीवनशैली सशस्त्र प्रहरीद्धारा केश कर्तक तालिम सञ्चालन अर्थ वाणिज्य अंग्रेजी नयाँ बर्षमा कन्याममा ‘फुड एण्ड कल्चरल फेस्टिवल’ हुने अर्थ वाणिज्य ३ लाख ८० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा फिक्कलमा सम्पन्न जीवनशैली इलाम क्षेत्र नं. १ मा सर्वसम्मत नेतृत्व चयन गर्न कांग्रेस पूर्व सभापति फोरमको पहल जीवनशैली कन्याम चिया बगानका २२ जना श्रमिकलाई निःशुल्क चस्मा वितरण जीवनशैली माईजोगमाई गाउँपालिकामा सोधपुछ तथा सहायता कक्ष स्थापना प्रदेश पूर्व सभापति फोरमको पहल : इलाम क्षेत्र नं १ मा कांग्रेसको सर्वसम्मत नेतृत्वको खोजी जीवनशैली सूर्योदयमा लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न
Hamropalika menu advertisement

राष्ट्रिय रग्बी प्रतियोगिता पहिलो पटक इलामको माईमा हुने

  • प्रकाशित मितिः January 27, 2026
  • हाम्रो पालिका
राष्ट्रिय रग्बी प्रतियोगिता पहिलो पटक इलामको माईमा हुने
बिनु खड्का:


राष्ट्रिय रग्बी प्रतियोगिता इलामको माई नगरपालिकामा आयोजना हुने भएको छ । जेठ २६ र २७ गते प्रतियोगिता हुने भएको हो । माई नगरपालिका—४ शुक्रबारे बजारमा रहेको खेल मैदानमा प्रतियोगिता संचालन हुने आज इलाममा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ ।
यो जिल्लाकै पहिलो पटक जिल्लामा रासष्ट्रिय स्तरको प्रतियोगिता ुेहुन लागेको रग्बी संघ इलाम जिल्ला अध्यक्ष गंगा पm्याक (बिजु) राईले जानकारी दिनुभयो । उहाँले प्रतियोगिताले जिल्लामा यस खेलसँग सम्वन्धित खेलाडी बढ्ने र खेल पर्यटनको समेत प्रवद्र्धन हुने बताउनुभयो ।
यु—२० राष्ट्रिय रग्बी प्रतियोगिता हुने रग्बी संघका केन्द्रीय प्रचार बिभाग सदस्य नमिन ढकालले बताउनुभयो । प्रतियोगितामा महिला र पुरुषको ११÷११ टिमको सहभागीता रहने छ । सात प्रदेशका सातवटा टीम र चारवटा क्लब प्रतियोगितामा समावेश हुने आयोजक तथा रग्बी संघ माई नगरपालिकाका अध्यक्ष रन्जित काफ्लेले बताउनुभयो ।
यस खेलको विकाससँगै इलाम जिल्लाले प्रदेशमा उत्कृष्ठ स्थान हाँसिल गरेको जिल्ला खेलकुद विकास समिति इलामका प्रखुख नारायण भट्टराईले बताउनुभयो । २०५२ (सन् १९९५) सालमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा नेपाल रग्बी संघ दर्ता भएको बताइएको छ । भारतमा अध्ययन गर्न गएका केही व्यक्तिहरूले अग्रसरता देखाएपछि नेपालमा रग्बी संघ दर्ता भएको थियो ।
यद्यपि २०६८ सालमा टंकलाल घिसिङको अध्यक्षतामा नेपाल रग्बी संघको पुनर्गंठन भएपछि मात्र रग्बीले गति लिन थालेको जनाइएको छ । अहिले रग्बी खेलले क्रमशः गति लिइरहेको छ । यस खेलको एक टीममा सात जना खेलाडी रहने ब्यवस्था छ ।

TOP