कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलाम र काठमाडौँमा २७ औँ ‘राष्ट्रिय चिया दिवस’ मनाईदै

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
इलाम र काठमाडौँमा २७ औँ ‘राष्ट्रिय चिया दिवस’ मनाईदै

इलाम: राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २७ औँ ‘राष्ट्रिय चिया दिवस’ वैशाख १४ देखि १६ गतेसम्म मनाउने भएको छ ।इलामको सूर्योदय नगरपालिकामा बैशाख १५ गते कृषि मन्त्री सहितको टोली चिया दिवस मनाउन आउने भएको हो । इलाममा बिभिन्न कार्यक्रम गरी चिया दिवस मनाउने तयारी भैरहेको छ ।
तीन दिनसम्म चिया प्रवद्र्धन सम्बन्धी विभिन्न कार्यक्रम गरिने दिवसमा चिया उत्पादक किसान, प्रशोधक, उद्योगी व्यवसाय, विक्रेता, उपभोक्ता, विभिन्न राष्ट्रबाट सहभागी हुने कूटनीतिज्ञ लगायत विशिष्ट व्यक्तिको सहभागितामा आज नेपाल पर्यटन बोर्डमा चौथो अन्तर्राष्ट्रिय चिया महोत्सवसमेत हुँदै छ ।
बोर्डका कार्यकारी निर्देशक विष्णु भट्टराईले त्रिदिवसीय कार्यक्रम अन्तर्गत काठमाडौँमा चिया प्रदर्शनीका साथै नेपाली अर्थोडक्स चियामा लागू हुने ‘ट्रेसाबिलिटी प्रणाली’ को प्रारम्भ गरिने जानकारी दिनुभयो । उहाँका अनुसार इलाममा चियाका बगैँचा अवलोकनका लागि भ्रमणका साथै नेपाली र विदेशी चिया व्यापारी बीच शिष्टाचार व्यापारिक बैठक भोली गराइने छ ।
चिया क्षेत्रलाई राष्ट्रको समृद्धिसँग जोडौँ’ भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको छ । विसं १९२० मा इलाममा चिया खेती सुरु भएको भए पनि झापा, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लालाई विसं २०३९ मा चिया क्षेत्रका रुपमा घोषणा गरी सरकारी तहबाट व्यावसायिक चिया खेतीको प्रवद्र्धन गरिएको पाइन्छ ।
चालु आवको तथ्याङ्कअनुसार नेपालमा २० हजार दुई सय १९ हेक्टरमा चिया रोपण भएको र २६ हजार तीन सय ७९ मेट्रिक टन चिया उत्पादन भएको छ । त्यसैगरी भारतलगायत तेस्रो मुलुकमा १३ हजार आठ सय ८५ मेट्रिक टन चिया निर्यात गरिएको बोर्डले जनाएको छ ।

TOP