कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

हर्कटे– जिर्मले बैकल्पिक सडक बनाउने शिवको प्रयास सफल

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
हर्कटे– जिर्मले बैकल्पिक सडक बनाउने शिवको प्रयास सफल

गोबिन्द पौडेल:


लामो समय सम्म स्तरोन्नती हुन नसकेको हर्कटे –तारगाउँ –जिर्मले सडकको बिकल्पमा सूर्योदय नगरपालिका – ६ तारगाउँ क्षेत्रमा बनेको बार्हमासे सडकले रोङ–६ रम्भ्याङ वासिका लागि भरपर्दाे सडक मार्ग बनेको छ ।
२०३५ सालबाट निर्माण थालिएको हर्कटे तारगाउ जिर्मले माथिल्लो सडक केन्द्रिय स्तरको सडक हो । तर, सडक निर्माण कार्य नभएपछि सूर्योदय नगरपालिका –६ ले तारगाउँको बिचबाट बनेको हर्कटे तारगाउँ महेन्द्रबेसी आलगैरी हुदै जिर्मले जोडिएको छ ।तारगाउँखोला र राममन्दिर आसपासमा नालीपेटि सहित ग्राभेल समेत गरिएको छ ।
बिकट ठाउँलाई सजिलो बनाएपछि सिङ्गो तारगाउँ सहित जिर्मले वासिको लागि भरपर्दो बिकल्प बनेको हो । वडाध्यक्ष शिवकुमार बस्नेले भने ‘समयमै काम सकेर नागरिकलाई सजिलो अनुभुति दिने मेरो प्रयास हो ।’
यसबर्ष तारगाउँ खोलाबाट करिव १.५ किमि नालिपेटि र ग्राभेल गर्न १ करोड १० लाख बजेट बिनियोजन भयो । त्यसले तारजाली र ह्युम पाईप राखेर बाह्मासे सडक बनाउदै लैजाने आफ्नै कार्यकालमा अगाडिको भागमा स्तरउन्नति र कालोपत्रे गरेर वडा नम्बर ६ का नागरिकलाई सहज बनाउने उनले योजना सुनाए ।
अघिल्लो कार्यकालमा निक्कै बिवाद र चर्चामा रहेका वाडध्यक्ष बस्नेत दोस्रो कार्यकालमा निर्वाचित बनेपछि शुरुबाट बिकासको काममा फड्को मार्न थाले । अघिल्लो कार्यकालमा अनावश्यक बिबादमा तानिने गरेको भएपनि अव काम गर्न कुनै अडचन नहुदा लक्ष्य अनुसारको प्रगति निर्धारित समय अघि प्राप्त गर्न सक्नेमा ढुक्क रहेको बताए ।

TOP