कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

कन्याममा निःशुल्क स्वास्थ्य शिविर

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
कन्याममा निःशुल्क स्वास्थ्य शिविर

कन्याम : इलामको पर्यटकीय क्षेत्र कन्याममा स्वास्थ्य शिविर सम्पन्न भएको छ । बीरता लेडी जेसिजको आयोजना र कन्याम होटल ब्यवसायी समूह को सहआयोजनामा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको हो । स्वास्थ्य शिविरलाई नोवेल मेडिकल कलेजको प्राविधिक सहयोग प्रदान गरेको थियो ।
सूर्योदय नगरपालिका ७ स्थित कृष्णाश्रम मा वि मा सम्पन्न शिबिरबाट सूर्योदय नगरपालिका वडा नं ६, ७ र ८ का नागरिक, कन्याम चियाबगानका मजदुर विद्यालयका विद्यार्थी गरि २१२ महिला र १२३ पुरूष गरि जम्मा ३३५ नागरिकले निशुल्क स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएको सहआयोजक टेकराज गिरीले जानकारी दिए ।
बिराटनगर स्थित नोबेल मेडिकल कलेज बाट आएका बिशेषज्ञ डाक्टरहरूले जनरल मेडिसिन, स्त्री रोग ,हाड जोर्नी ,नाक कान घाँटी रोग, छाला रोग, शल्यक्रिया, आँखा, , बाल रोग, दन्त रोग , मुटुरोग , भिडियो एक्स–रे र रगत पिसाब को परीक्षणको सेवा दिएका थिए ।

परिक्षण स्थलमै कतिपय बिरामीलाई निशुल्क दवाई पनि बितरण गरिएको थियो । निशुल्क स्वास्थ्य शिविरको बिरता लेडी जेसिजका अध्यक्ष जेसी संगीता गिरीको अध्यक्षता अनि सूर्योदय नगरपालिकाका प्रमुख रण बहादुर राईको प्रमुख अतिथ्यतामा छोटो औपचारिक कार्यक्रम गरि शुभारम्भ भएको थियो ।

TOP