कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलामका स्थानीय तह मध्ये सूर्योदयको बेरुजु कम

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
इलामका स्थानीय तह मध्ये सूर्योदयको बेरुजु कम

फिक्कल: इलामका १० स्थानीय तह मध्ये सूर्योदय नगरपालिकामा सबै भन्दा कम बेरुजु भएको छ ।महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुासर आर्थिक बर्ष २०७८/७९ सूर्योदयमा १ दशमलब ०९ प्रतिशत मात्र बेरुजु रहेको छ । यो नै इलामका १० पालिका मध्येको सबैभन्दा कम बेरुजु हो ।
सूर्योदय नगरपालिकामा आर्थिक बर्ष २०७७/७८ मा १ दशमलब ७४ प्रतिशत बेरुजु थियो । बेरुजु कम हुँदै जानु उपलब्धि मूलक काम भएको सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले बताउनु भयो । ‘नगरपालिकामा सुशासनको प्रत्याभूति हुने गरी कार्यसम्पादन भैरहेको यहि प्रतिवेदनले पुष्टि गर्छ’ नगर प्रमुख राईले भन्नु भयो ।
सूर्योदय नगरपालिकालाई प्रविधिमैत्री नगरपालिका बनाईएको छ । सबै आर्थिक कारोबार अनलाईन मार्फत गरिदै आएको नगरपालिका यस अघि नै आर्थिक बिकास तर्फ देशकै पहिलो भैसकेको छ ।

४ नगरपालिका र ६ गाउँपालिका रहेको इलामको सन्दकपुर गाउँपालिकामा सबै भन्दा बढी ५ दशमलब ६७ प्रतिशत बेरुजु देखाएको छ । दोस्रो बढी बेरुजु हुनेमा रोङ गाउँपालिका ३ दशमलब ६१ प्रतिशत र तेस्रोमा फाकफोकथुम गाउँपालिका ३ दशमलब ०५ प्रतिशत बेरुजु रहेको छ ।
सूर्योदय नगरपालिकाका प्रमुश प्रशासकीय अधिकृत मिलन भट्टराईले बेरुजु शून्यमा झाने लक्ष्यनगरको रहेको बताउनु भयो । उहाले बेरुजु घटाउदै जानका लागि जनप्रतिनिधि र कर्मचारीले अझ बढी ध्यान दिनु पर्ने बताउनु भयो ।
नगरका आन्तरिक लेखा परिक्षण अधिकृत प्रदिप चापाँगाईले आर्थिक नियमको पालनमा ध्यान सके बेरुजु शुन्यमा झान सकिने बताउनु भयो । उहाले भन्नु भयो ‘ अनावश्य खर्च कम गर्दै आलेपका सुझावलाई पालन गर्न सके बेरुजु आफै कम हुँदै जान्छ ।’
इलामका १० पालिकामा १ अर्व ८९ करोड ५८ लाख ४ हजार १ सय ५८ रुपियाँको लेखा परिक्षण गर्दा ७३ लाख ५९ हजार ७ सय ३३ रुपियाँ बराबरको ३ दशमलब ८८ प्रतिशत बेरुजु आएको छ । समग्रमा इलामका सबै स्थानीय पालिकामा बेरुजु कम हुँदै गएको पाइृएको छ ।

TOP