कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलामको कुट्टिडाँडामा पार्किङस्थलको सिलान्यास

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
इलामको कुट्टिडाँडामा पार्किङस्थलको सिलान्यास

फिक्क्ल: इलामको रोङ गाउँपालिका ३ स्थित कुट्टिडाँडामा सुविधा सम्पन्न पार्किङ स्थल निर्माण गरिने भएको छ । कोशी प्रदेशको लगानीमा निर्माण हुने पार्किङ स्थलको कोशी प्रदेशका शहरी विकास मन्त्री दुर्गा प्रसाद चापागाईले आईतबार शिलान्यास गर्नु भएको हो ।
प्रदेश सरकारको २ करोड ८५ लाख ३४ हजार ७ सय १५ रुपियाँको लागतमा सम्पन्न हुने पार्किङ स्थलको किरात माई भगवती जेभी इलामले निर्माणको जिम्मा पाएको छ ।उक्त पार्किङ स्थलको २०८१ असार २८ गते सम्पन्न गर्ने गरि ठेक्का सम्झौता भई सकेको रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिनु भयो । शिलान्यास गर्दै मन्त्री चापागाईले समयमै काम सम्पन्न गर्न निर्देशन समेत दिनु भयो ।
कार्यक्रममा प्रदेश सांसद समसेर राई, खिनु लङ्वा लिम्बु, शहरी विकास मन्त्रालयका सचिव मोहन चापागाई, गाउँपालिकाका अध्यक्ष स्याङ्बो, उपाध्यक्ष बिष्णुमाया भुजेल, पूर्व सासंद धिरन्द्र शर्मा, शहरी विकास तथा भवन डिभिजन कार्यालय इलामका प्रमुख रिजनिस झाको उपस्थिति रहेको थियो ।उक्त पार्किङ स्थल निर्माण भई सक्दा पाथीभरा आउने पर्यटकलाई सवारी पाकिङमा सहज हुने छ ।

TOP