कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलामको माईपोखरी सडकको निरीक्षण,समयमा काम सक्न निर्देशन

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
इलामको माईपोखरी सडकको निरीक्षण,समयमा काम सक्न निर्देशन

इलाम: इलामको माईपोखरी जाने सडक निर्माणमा ठेकेदारले लापरबाही गरेपछि स्थानिय निकायका जनप्रतिनिधिहरुले निरिक्षण गरेका छन् । इलाम नगरपालिकाका प्रमुख केदार थापा,सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राई ,इलाम नगरपालिका वडा नम्बर ४का वडाअध्यक्ष नुतनदेव दुलाल,वडा नम्बर २का अध्यक्ष गिरीराज रिजाल,वडा नम्बर ५का अध्यक्ष काजी बहादुर श्रेष्ठ,वडा नम्बर ८का वडाअध्यक्ष दलमान तामाङ,नगरपालिकाका इन्जिनियर दिपक गुरागाँई ,सडक डिभिजनका प्राविधिक सहितको टोलीले सडकको निरिक्षण गरेको हो । ।निरिक्षणको क्रममा गुणस्तरहिन काम गरेको पाइएको र सुधार गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको इलाम नगरप्रमुख थापाले बताउनुभयो ।निर्माण कम्पनीले पनि कमीकमजोरीलाई सुधार गरेर समयमानै सडक निर्माण सक्ने प्रतिबद्धता जनाएको छ ।कमसल काम भएको भन्दै स्थानियले समयमानै प्रविधिका मापदण्ड अनुसारको काम गर्न आग्रह गरेका थिए ।जस्विरेबाट माईपोखरी तर्फको करिब २ किलोमिटर सडक कालोपत्रे गर्न नार्गाजुन कम्पनीले २ बर्ष अघि ३ करोड १५ लाख रुपैयाँमा ठेक्का पाएकोे थियो ।समयमा काम सम्पन्न नगरेपछि उसले पटकक पटक समय थप्दै आइरहेको छ ।कम्पनीले विभिन्न बहाना देआउँदै हालसम्म ३ सय मिटर सडक मात्र कालोपत्रे गरेको छ ।

TOP