कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

रोङको पाथीभरा मन्दिरमा १३ दिनमा करिब ९ लाख रकम जम्मा

  • प्रकाशित मितिः November 16, 2025
  • हाम्रो पालिका
रोङको पाथीभरा मन्दिरमा १३ दिनमा करिब ९ लाख रकम जम्मा

फिक्कल: इलामको रोङ गाउँपालिका–३ स्थित पाथिभरा मन्दिरमा १३ दिनको अवधिमा करिब ९ लाख रुपैया बराबरको नगद तथा जिन्सी संकलन भएको छ । मन्दिरको स्वामित्व गाउँपालिकाले लिएपछि फागुन १ देखि १३ गतेसम्म ८ लाख ८९ हजार ५ सय १३ रुपैया बराबरको नगद र जिन्सी संकलन भएको पाथिभरा संरक्षण तथा व्यवस्थापन समितिका सचिव एगा अर्यालले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
मन्दिरमा १३०० वटा रसिदबाट ५ लाख ४३ हजार ६९४ रुपैया संकलन भएको छ । जिन्सी रसिद २ वटाबाट २ लाख बराबरको सुनचाँदी प्राप्त भएको अनुमान गरिएको छ । शिला संकलन रसिद १३ वटाबाट १ लाख ४५ हजार ८१९ रुपैया बराबर रहेको जनाइएको छ । गाउँपालिकाले दिलीप राईको अध्यक्षतामा समिति गठन गरी व्यवस्थापनको जिम्मा लगाएको थियो ।
छुट्टै एक संस्थाको मातहतमा रहेको उक्त मन्दिरको सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी गाउँपालिकाको स्वामित्वमा ल्याउन पालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ तयार गरी गाउँसभाबाट गत माघ ११ गते पारित गरेको थियो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ अनुसार कार्यविधि बनाइ जैविक विविधता तथा धार्मिक क्षेत्रको संरक्षण गर्ने गरी उक्त मन्दिर गाउँपालिकाको स्वामित्वमा ल्याएको हो ।
राईको अध्यक्षतामा स्थानीयवासी, माला व्यवसायी, गैरसरकारी संस्था, चन्दादाता, शिक्षक र प्रत्येक वडाबाट एक एक जना गरी १९ सदस्यीय समिति निर्माण गरी मन्दिर व्यवस्थापनको जिम्मा दिइएको छ । बर्सेनि पाँच लाख भक्तजन भित्र्याएर एक करोडभन्दा बढी आम्दानी गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोजानकारी दिनु भयो ।

TOP