कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

रोङको पाटापुर जलवायु अनुकुलित गाउँ बन्दै

  • प्रकाशित मितिः November 16, 2025
  • हाम्रो पालिका
रोङको पाटापुर जलवायु अनुकुलित गाउँ बन्दै

फिक्कल: दक्षिणी इलामको रोड. गाउँपालिका ६ को पाटापुर गाउँलाई जलबायु अनुकुलित नमूना गाउँ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ । भारतसँगको सीमावर्ति मेची किनारमा रहेको चुरे क्षेत्र पाटापुरका बासीन्दालाई स्थानीय हावापानी सुहाउदो बीउ बाली , खेती प्रणाली प्रवद्र्धन र अन्य तालिम तथा सचेतना कार्यक्रम संचालन गरिएको छ । यस्तै सोलार लिफ्टीडं प्रविधिको सीचाई आयोजना निर्माण गरिएको छ ।
चुरे क्षेत्रको पाटापुरमा सीचाइको लागि नामसालिड. सामुदायिक विकास केन्द्र मार्फत सोलार लिफ्टीड. प्रविधिको सीचाई आयोजना उद्घाटन गरिएको छ । गाउँपालिका र स्थानीय पहलका लागि क्यानेडियन कोषको लागत साझेदारीमा कार्यक्रम संचालन भएको हो । आयोजनाको संयुक्त रुपमा कोषका काउन्सीलर कोलीन र गाउँपालिका अध्यक्ष सुवास स्याड.्वोले बुधबार उद्घाटन गर्नुभयो ।

नामसालिड. सामुदायिक विकास केन्द्रका टिमलिडर हिराकाजी घलेका अनुसार गाउँमा रहेको सुख्खा जमिनमा सीचाई सुविधा उपलव्ध गराई यहाँ जलवायु अनुकुल बाली विस्तार गर्न ६० घर परिवारलाई सहयोग पुगेको छ । पाटापुरमा बाँदर हात्ती र बाघ जस्ता बन्यजन्तुले हानी नोक्सानी नगर्ने बाली विकासका लागि बीउ वितरण गरिएको छ । यस्तै यहाँका खेत बारीमा प्रयोग गर्न मीनी पावर टिलर, कुटानी पीसानी मील र च्यापकटर मेशीन वितरण गरिएको छ ।

गाउँमा ६ वटा लघु उद्यम संचालन शुरु भएको गाउँ पालिका अध्यक्ष सुवास स्याड.्वा्ले बताउनुभयो । पाड.्गारिक खेती प्रवद्र्धनका लागि २० घरधुरीमा स्थानीय श्रोत र साधन प्रयोग गरी गोठ तथा खोर सुधारमा सहयोग गरिएको छ । बेमौसमी तरकारी खेती प्रवद्र्धनका लागि गाउँबासीलाई प्लाष्टिक टनेल वितरण गरिएको छ । कार्यक्रमले हावापानी सुहाउदो खेती प्रणालीको सुरुवातका साथै कृषिमा प्रविधिको विकास भएको छ । पाटापुरमा जलवायु अनुकुलन गाउँ योजना तर्जुमा सम्पन्न भएको संस्थाले जनाएको छ ।
कार्यक्रमका फील्ड संयोजक शान्तिराम घिमिरेले नविकरणीय उर्जामा आधारीत संस्थागत सुधारीएको चुल्हो निमाण गरिएको जानकारी दिए । तीन वटा संस्थागत चुल्हो निर्माण गरिएको छ । कार्यक्रम गत वर्ष संचालन शुरु भई लगत्तै फेब्रुवरीमा सम्पन्न हुने बताइएको छ ।

TOP