कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

माग्नेको देश भैसक्यो नेपाल : उप–प्रधानमन्त्री लिङदेन

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
माग्नेको देश भैसक्यो नेपाल : उप–प्रधानमन्त्री लिङदेन

फिक्कल: उपप्रधानमन्त्री तथा जलस्रोत सिंचाई तथा उर्जा मन्त्री राजेन्द्र लिङदेनले देश नै मागी खाने जस्तो भएको बताउनु भयो । सोमबार इलामको रोङ गाउँपालिकामा अवस्थित बहिनी पाथीभरामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री लिङदेनले बिदेशी आउना साथ नेपालले माग्ने मात्र काम गरेको बताउनदै आफैमा आत्मानिर्भर बन्नु पर्ने बताउनु भयो । उहाले अन्य देशका नेता, मन्त्री , कुटनीतिक नियोगका मान्छे आएर जाने बेलामा हामीलाई सहयोग गर्नुहोस भनेर मागेर पठाउनु पर्ने बाध्यता रहेको औल्याउनु भयो । मन्त्री लिङदेनले भन्नु भयो‘आएर राम्ररी स्वागत गर्न नपाई पहिलेको सहयोगका लागि धन्यवाद भनेर फेरी सहयोग गर्नुहोला भन्नु पर्ने त चलनै रहेछ, मन्त्री भएपछि थाहा भयो।उहाले जनताले एउटा मात्र पार्टीलाई सरकार चलाउन जनादेश नदिएकाले कसैले निशेधको राजनीति कोही माथी गर्न नहुने बताउनु भयो ।
मन्त्री लिङदेनले बिद्युत उत्पादनलाई प्राथमिक्ता दिईने बताउनु भएको छ । मन्त्री लिङदेनले बिद्युत उत्पादन र प्रसारका कामलाई प्राथमिक्ता दिईने बताउनु भएको हो । उहाले बिद्युत खरिद सम्झौता खुल्ला गरी सकेको जानकारी दिदै उत्पादन संगै बिद्युतको ब्यपार समेत सुनिश्चित गर्नु पर्ने बताउनु भयो । मन्त्री लिङदेनले भारत र बंगलादेश संग बिद्युतको ब्यपार सहज हुने बताउनु भयो । ‘हामी नतिजा आउने गरी काम गर्नु पर्छ भन्नेमा लागेका छौ, अहिले अध्ययन गर्ने काम भैरहेको छ’ मन्त्री लिङदेनल भन्नु भयो । उहाले थप्नु भयो‘बिद्युत उत्पादन गरेर मात्र भएन, कुन देशलाई बेच्ने भन्ने प्रष्ट हुनु पर्छ ।’
मन्त्री लिङदेनले बुढी गण्डकी, दुधकोशी र तमोर जस्ता जलाशयमा बिद्याुतका ठूलो आयोजना संचालन गरीने बताउनु भयो । उहाले बिद्युत प्राधिकरणको शेयर निष्कासन गर्ने तयारी भएको समेत जानकारी दिनु भयो । ‘शेयर निष्कासन गरेर त्यहि शेयरको रकमले थप बिद्युत उत्पादन गरी बिकासका काम गर्ने हो; मन्त्री लिङदेनले भन्नु भयो । उहाले २९ प्रतिशत शेयर खाडीमा रहनु भएका युवालाई दिईने जानकारीदिनु भयो ।
राष्ट्रिय प्रजातज्त्र पार्टीका अध्यक्ष समेत रहनु भएका मन्त्री लिङदेनले आफु जति दिन पदमा बसेपनि इमान्दारिताका साथ काम गर्ने बताउनु भयो । मन्त्री लिङदेनले पाथीभरामा पूजाअर्चना गर्नु भएको थियो । उहाले पाथीभराको बिकासमा आफुले सक्ने सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

TOP