कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

आत्मदाह गरेका आचार्यको परिवारसँगको भेटमा बिश्वप्रकाश शर्माले भन्नु भयो ‘सिंगो देश तपाईंहरूको साथमा छ’

  • प्रकाशित मितिः November 15, 2025
  • हाम्रो पालिका
आत्मदाह गरेका आचार्यको परिवारसँगको भेटमा बिश्वप्रकाश शर्माले भन्नु भयो ‘सिंगो देश तपाईंहरूको साथमा छ’

फिक्क्ल: नेपाली काँग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले आत्मदाह गरेका इलामको सूर्योदय नगरपालिका ११ केराबारीका प्रेम आचार्यको परिवारसँग भेट गर्दै सिंगो देश साथमा रहेको बताउनु भयो ।
काजक्रिया भइरहेको सूर्योदय नगरपालिका वडा नं ११ केराबारीस्थित आचार्यको मूल घरमा पुगेर शर्माले भन्नु भयो ‘उहाँले उठाएका विषयप्रति गम्भीर छौं। तपाईंहरूको साथमा सिंगो देश उभिएको छ।’‘ आचार्यले उठाएको कुरा सरकार संग मात्र जोडिएको छैन, सिंगो समाज जिम्मेवार छ’ शर्माले भन्नु भयो । शर्माले समाज जिम्मेवार बने मात्र यस्ता घटना रोक्न सकिने बताउनु भयो ।
शर्माले प्रेम आचार्यले उठाएका सरकारी प्रक्रियाबाट पाएको हैरानीको विषय नेपालमा नै रहेर केही गरौं भन्ने तमाम युवाहरूले भोगेको यथार्थ भएको बताउँदै यसको समाधानका लागि सरकारलाई सहयोग गर्ने बताए। ‘सरकारी प्रक्रियाको हैरानी निकै कहालीलाग्दो छ,’ उनले भने‚ ‘सरकारले एउटा निर्णय गर्दैमा यो समाधान हुँदैन, सबैले सहयोग गर्नु पर्छ। प्रतिपक्षी दल भए पनि हामी सरकारी काम कारबाही चुस्त बनाउन सरकारलाई सहयोग गर्छौं।’
आचार्यको काजक्रियामा रहेकी पत्नी नानुका आचार्य, उनका दाजु, छोरी, आमा र हजुरबुवासहित परिवारसँग काँग्रेस महामन्त्री शर्मासहित काँग्रेस इलामका सभापति डम्बर खड्का, सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गा बराल, झापा क्षेत्र १ का काँग्रेस सभापति इन्द्रबहादुर बुढाथोकीलगायतले भेट गरी समवेदना व्यक्त गरेका थिए । त्यस अघि नेकपा एमाले जिल्ला अध्यक्ष तथा संघीय सांषद महेश बस्नेत सहितको टोलीले आचार्यको परिवार संग भेट गरी समवेदना ब्यक्त गरेको थियो । काठमाण्डौमा आत्मदाहा गरेका आचार्यको इलामको केराबारीमा १३ दिने काम भैरहेको छ ।

TOP