कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

आत्मदाहको प्रयास गरेका इलामका प्रेम आर्चायको उपचारको क्रममा निधन

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
आत्मदाहको प्रयास गरेका इलामका प्रेम आर्चायको उपचारको क्रममा निधन

इलाम: संघीय संसद भवनअगाडि आफनै सरिरमा आगो लगाएका इलामको सूर्योदय नगरपालिका ११ का प्रेम आर्चायको आज बिहान निधन भएको छ ।
आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका आचार्यलाई प्रहरीले उद्धार गरी रेर बर्न अस्पताल कीर्तपुर भर्ना गरेको थियो । शरिरको ८० प्रतिशत भाग जलेका उनको उपचारको क्रममा आज बिहान निधन भएको छ । आगोले उनको फोक्सोमा समेत असर गरेको अस्पतालले जनाएको छ ।
उपचाररत आचार्यलाई भेटन पुगेकी स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की संग हिजो राती आचार्यले छोटो संवाद गरेका थिए । यो हर्कत नगरी राज्य सहित कसैले केहि सुनेन भनेका छन । उनले गृहमन्त्री रवि लामिछानेलाई भेट्न पठाईदिन आग्रह गरेका थिए ।
आचार्यले आगो लगाउनु अघि आफनो फेसबुकमा लामो स्टाटस लेख्दै आफना जिवनका भोगाई ब्यक्त गरेका छन । उनले राज्यको प्रर्णालीका कारण आफु जस्ता केहि गरौ भन्ने धेरै युवाको बिचल्ली भएको टिप्पणी गरेका छन । उनले राज्य संयन्त्र सुधार गर्न बुँदागत रुपमा सुझाव समेत दिएका थिए । आचार्यले आफु डिप्रेसनमा रहेको उल्लेख गरेका छन ।
कृषि ब्यवसाय गर्दै आएका ३६ बर्र्षीय आचार्य केहि समय अघि पनि घरबाट बेपत्ता भएका थिए । पछि सम्पर्कमा आएका आचार्य अहिले काठ्माण्र्डामा बस्दै आएका थिए ।

TOP