कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

आत्मदाहको प्रयास गर्ने इलामका आचार्यको अवस्था चिन्ताजनक

  • प्रकाशित मितिः November 16, 2025
  • हाम्रो पालिका
आत्मदाहको प्रयास गर्ने इलामका आचार्यको अवस्था चिन्ताजनक

इलाम: आत्मदाहको प्रयास गर्ने इलामका प्रेम आचार्यको स्वास्थ अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । आज साझ आचार्यको स्वास्थ्य अवस्था बुझन स्वास्थ्य राज्यमन्त्री डा। तोषिमा कार्की कीर्तिपुर अस्पतालमा पुग्नुभएको छ । राज्यमन्री कार्कीले उपचारमा कुनै कसुर नराख्न अस्पताललाई निर्देशन दिनुभएको छ ।

राज्यमन्त्री कार्कीले भन्नुभयो, ‘‘बचाउन प्रयास गर्नुस्, आवश्यक सहयोग गर्न हामी तयार छौँ ।’’अस्पतालका चिकित्सक डा। सुरेन्द्र जङ्ग बस्नेतले उपचाररत आचार्यको शरीरको ८० प्रतिशत भाग जलेकाले उहाँको अवस्था चिन्ताजनक रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘‘आचार्य होसमा रहेको र मान्छे चिन्नु भएको छ ।’’

आचार्यलाई त्यहाँको बर्न अस्पतालमा राखिएको छ । मङ्गलबार नै नयाँ बानेश्वरमा आफ्नै शरीरमा आगो सल्काएर आचार्यले आत्मदाहको असफल प्रयास गरेका थिए ।

TOP