कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

सूर्योदय ११ को भवानी आधाभूत बिद्यालय उत्कृष्ठमा छनौट , ९ लाख बढी अनुदान पाउने

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
सूर्योदय ११ को भवानी आधाभूत बिद्यालय उत्कृष्ठमा छनौट , ९ लाख बढी अनुदान पाउने

फिक्कल: इलामको सूर्योदय नगरपालिका वडा नम्बर ११ को भवानी आधाभूत बिद्यालयलाई इलाम जिल्लाको उत्कृष्ठ ब्यवस्थापन भएको सफल सामुदायिक बिद्यालयमा छनौट गरेको छ ।
प्रदेश १ सरकारको सामाजिक बिकास मन्त्रालयले कार्य सम्पादन र ब्यवस्थापनाका आधारमा मन्त्री स्तरीय निर्णयबाट प्रदेश अनुदान कार्यक्रम अन्र्तगत ९ लाख ७५ हजार रुपैयाँ पाउने गरी उत्कृष्ठ र सफल बिद्यालय छनौट गरेको हो ।
मन्त्रालयले आगामी १७ गते भित्रमा बिद्यालयलाई सबै बिवरण खुल्ने गरी विवरण पठाउन भनेको बिद्यालयका प्रधानाध्यापक रचना राईले जानकारी दिनु भयो । भवानी आधारभूत बिद्यालयको शैक्षिक, भौतिक वातावरणको मन्त्रालयले अध्ययन गरेको थियो । सूर्योदय नगर क्षेत्रमा रहेका आधारभूत बिद्यालय मध्ये भवानी महिलाले मात्र नेतृत्व गरेको उत्कृष्ठ बिद्यालय हो ।
सूर्योदयको नमुना बिद्यालय बनेको भवानी आधारभुत बिद्यालयमा ८० जना बिद्यार्थी अध्ययनरत छन । एक समय बिद्यार्थीकै आभावमा अर्को बिद्यालयमा गाभिने अवस्था आएको थियो । तर ,पछिल्लो समय प्रधानाध्यापक राई सहित महिलाको नेतृत्वमा बिद्यालयमा आमुल परिर्वतन आएको छ ।
बिद्यालयले स्थानीय शैक्षिक सामग्री र नगर एबं आफनै स्रोतबाट प्राप्त गरेको शैक्षिक सामग्रीको प्रयोग गर्दै बिद्यालयमा कार्यरत शिक्षकको अथाह मेहनतबाट अहिले नगरकै राम्रो बिद्यालयको रुपमा आफुलाई उभ्याएको छ । बिद्यालयले यसरी शैक्षिक गुणष्तरमा छलाङ मारे सगैँ स्थानीय क्षेत्रमा रहेका बिद्यार्थी तथा अभिभावकलाई राहत मिलेको छ । सिमित स्रोत साधनको भरमा पनि बिद्यालयमा कार्यरत शिक्षकको मेहनत नगरपालिका वडा कार्यलयको साथ अभिभावक तथा सरोकारवालाको माया बिद्यालय ब्यवस्थापन समितिको सहयोगले गर्दा बिद्यालयमा सकरात्मक परिर्वतन ल्याउन सफल भएको प्रधानाध्यापक राईले बताउनु भयो ।

TOP