कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलाममै पाठेघरको मुखको क्यान्सरको उपचार

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
इलाममै पाठेघरको मुखको क्यान्सरको उपचार

फिक्कल: पाठेघरको मुखको क्यान्सरको उपचार अब इलामबाटै हुँने भएको छ । इलाममा क्रायोथेरापी मेसिन आईपुगेपछि उक्त उपचार इलाममै सम्भव भएको हो ।
इलाम नगरपालिका वडा नं. ७ का अध्यक्ष नरेश श्रेष्ठले नेपाल परिवार नियोजन संघ इलामका सभापति सरोज बैद्यलाई एक सेट क्रायोथेरापी मेसिन हस्तान्तरण गर्नु भयो । वडामा स्वास्थ्यको क्षेत्रमा विनियोजन गरिएको बजेटबाट उक्त सामग्री खरिद गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो । यसअघि इलाममा पाठेघरको मुखमा हुने क्यान्सरको परिक्षण मात्र हुदै आएको थियो भने उपचारका लागि धरान रेफर गर्नुपर्ने अवस्था थियो ।
पाठेघरको मुखको क्यान्सरको लक्षण देखिएकालाई सेक्ने प्रविधि मार्फत उपचार गरिने संघका प्राविधिक लाक्पा लामाले जानकारी दिनु भयो । मेसिन प्राप्त गरेपछि नेपाल परिवार नियोजन संघ इलाम शाखाले उपचार शुरु गरेको संघका प्रमुख कमल सुवेदीलजानकारी दिनु भयो । सामग्री हस्तान्तरण गर्दै वडाध्यक्ष श्रेष्ठले वडाबासी संगै सबै पाठेघरको क्यान्सरको लक्षण देखिएकाको उपचार गर्ने उद्देश्यले मेसिन हस्तान्तरण गरिएको बताउनु भयो । पुस ११, १२ र १३ गतेका लागि पाठेघरको निशुल्क चेकजाँचको लागि सिटीहलमा ७ नम्बर वडा कार्यालयले शिविरको आयोजना गरेको छ ।

TOP