प्रदेश जेनजी आन्दोलन : कोशीमा १० जनाको मृत्यु, ५ जनाको मात्रै सनाखत जीवनशैली इलामका १० वटै पालिकामा नेपाली सेना सहितको सुरक्षा प्रदेश १ इलामको सीमावर्ती छब्बिसे र माने भञ्ज्याङमा शसस्त्र प्रहरीको बीओपी कला / मनोरञ्जन कवि दिपेन्द्र आचार्यको ‘ब्यापार पृथ्वीको’ लोकार्पण कला / मनोरञ्जन कन्याममा एनपिएलको ट्रफी टुर अर्थ वाणिज्य इलामको रोङमा अलैँचीको बजारीकरण गर्न जिआइइएस प्रणाली जीवनशैली इलामको रोङमा ‘एक घर–एक श्रम’ अभियान जीवनशैली पत्रकार योङहाङलाई आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार पर्यटन सगरमाथाको फोहर सङ्कलनमा ड्रोनको प्रयोग जीवनशैली आगलागिबाट चुलाचुलीमा तीन लाख बढीको क्षती
Hamropalika menu advertisement

इलामका १० वटै पालिकामा नेपाली सेना सहितको सुरक्षा

  • प्रकाशित मितिः September 16, 2025
  • हाम्रो पालिका
इलामका १० वटै पालिकामा नेपाली सेना सहितको सुरक्षा

फिक्कल: इलामका १० वटै पालिकामा नेपाली सेनाले सुरक्षा दिएको छ । जिल्लामा शान्ति सुरक्षा कायम गर्न र थप भौतिक संरचनाको क्षती हुन नदिन नेपाली सेना जिल्लाभर परिचालित भएको हो । बुधबार दिउसोबाट सेनाले सुरक्षा दिएपछि जनजिवन सामान्य बन्न थालेको छ ।
पालिकाहरुमा नेपाली सेनाको कमाण्डमा शसस्त्र प्रहरी र नेपाल प्रहरी समेत परिचालन गरीएको नेपाली सेनाको रण सार्दुल गण इलामका प्रमुख प्रलाद घलेले जानकारी दिनु भयो । आन्दोलनरत जेनजी समुहले मंगलबार इलाम नगरपालिकाको मुख्य प्रशानिक भवनमा आगालगि गरेका थिए । आगलागिबाट इलाम नगरपालिकामा ठूलो क्षती भएको छ । यस्तै जेनजी समुहले इलामको माई नगरपालिकामा पनि आगजनी गरेका छन । यस्तै इलामको रोङ गाउँपालिका वडा नं. २ को कार्यालयमा पनि आगलागि भएको छ । अन्य स्थानमा समेत केहि वडामा आगलागि गरीएको छ । जेनजी समुहको नाममा इलामको रोङ गाउँपालिकामा पटक पटक आगलागि गर्ने प्रयास भएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले जानकारी दिनु भयो । यसै बिच इलामका अधिकांश पालिकामा बिद्यालय बन्द गरीएको छ भने प्रशासनीक काम पनि बन्द गरीएको छ ।
यसै बिच जिल्ला प्रशासन कार्यालय इलामले बुधबार दिउसो ३ बजेबाट भोली बिहान ६ बजेसम्म इलाम जिल्लाभर कर्फयु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले थप क्षती हुन नदिन र कुनै प्रकारको प्रदर्शन हुन नदिन कर्फयु आदेश जारी गरीएको जानकारी दिनु भयो ।

TOP