अर्थ वाणिज्य इलामको सूर्योदयमा १५ दिन भित्रमा मालपोत र नापी कार्यालय स्थापना हुने अर्थ वाणिज्य ६ लाख ९० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा इलाममा सम्पन्न जीवनशैली सशस्त्र प्रहरीद्धारा केश कर्तक तालिम सञ्चालन अर्थ वाणिज्य अंग्रेजी नयाँ बर्षमा कन्याममा ‘फुड एण्ड कल्चरल फेस्टिवल’ हुने अर्थ वाणिज्य ३ लाख ८० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा फिक्कलमा सम्पन्न जीवनशैली इलाम क्षेत्र नं. १ मा सर्वसम्मत नेतृत्व चयन गर्न कांग्रेस पूर्व सभापति फोरमको पहल जीवनशैली कन्याम चिया बगानका २२ जना श्रमिकलाई निःशुल्क चस्मा वितरण जीवनशैली माईजोगमाई गाउँपालिकामा सोधपुछ तथा सहायता कक्ष स्थापना प्रदेश पूर्व सभापति फोरमको पहल : इलाम क्षेत्र नं १ मा कांग्रेसको सर्वसम्मत नेतृत्वको खोजी जीवनशैली सूर्योदयमा लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न
Hamropalika menu advertisement

कन्याममा एनपिएलको ट्रफी टुर

  • प्रकाशित मितिः February 9, 2026
  • हाम्रो पालिका
कन्याममा एनपिएलको ट्रफी टुर

फिक्कल:  इलामको सूर्योदय नगरपालिकाको पर्यटकीय क्षेत्र कन्याममा एनपिएलको ट्रफी आउने भएको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण अन्तर्गत कोशी प्रदेशमा संचालन हुने ट्रफी टुर भदौ २२ गते इलाम समेत आउने भएको हो । भदौ २२ गते बिहान पाथिभरा मन्दिरबाट मेची क्याम्पसमा अवतरण गरिने ट्रफी त्यहाँको क्याम्पस परिसरमा प्रदर्शनी हुनेछ । त्यसपछि मेची पुल र बिर्तामोड हुँदै इलाम प्रवेश गराइनेछ ।

कन्याममा फोटोसुट र विशेष कार्यक्रम गरिनेछ । बिर्तामोड हाइवे ¥याली र वान स्टप मल अगाडि विशेष कार्यक्रम गरेर दमक लग्ने कार्यक्रम तय भएको छ । कोशी प्रदेश क्रिकेट संघका सचिव टिकाराम पुरीले ट्रफी टुरले कोशी प्रदेशमा क्रिकेटको माहोललाई अझ उत्साहपूर्ण बनाउने बताए । उनले इलामका क्रिकेटको उभार आउँदै गरेकाले ट्रफी टुर पर्यटनमा समेत योगदान पुग्ने बताए । पुरीले ट्रफी टुरलाई सफल बनाउन सबै इलामेलीहरु १ बजे कन्याममा भेला हुन अपिल समेत गरेका छन् ।

कार्यक्रमको पहिलो दिन भदौ २१ गते ट्रफी बिराटनगर विमानस्थलमा अवतरण गराइनेछ । त्यसपछि मुख्यमन्त्री कार्यालयमा विशेष प्रदर्शनी आयोजना हुनेछ भने सिदार्थ बैंक लिमिटेडमा पनि ट्रफी देखाइनेछ । बैंक कार्यालयबाट सुरु हुने रोडसेस महेन्द्र चोक, बरगाछी, कन्चनबारी–ठुलो मिल– तीनपैनी हुँदै बिराटनगर बजार, ट्राफिक चोक र संसारीमाई थान पुग्नेछ । साँझ जैन भवनमा विशेष कन्सर्ट समेत आयोजना गरिएको विराटगर किङसका मार्केटिङ मेनेजर भुवनेश प्रताप मल्लले जानकारी दिए ।

भदौ २३ गते दमक हाइवेमा ¥याली गर्दै गोरखा डिपार्टमेन्टर अगाडी विशेष कार्यक्रम गरिनेछ । त्यसपछि सुनसरीमा ट्रफी प्रदर्शन गरिनेछ। दिउँसो बुढीगंगा खोलाबाट सुरु हुने ¥याली इटहरी चोकसम्म पुग्नेछ । त्यसपछि इटहरीको जनता क्याम्पसमा विशेष कार्यक्रम आयोजना हुनेछ । इनरुवा हुँदै ट्रफी दुहबी बाइपासमार्गबाट पुनः बिराटनगर प्रवेश गराइने कार्यक्रम छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो संस्करणको एनपिएल आगामी १ देखि २७ मंसिरसम्म कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गर्दैछ । एनपिएलको पहिलो संस्करण १५ मंसिरदेखि ६ पुस ०८१ मा भएको थियो । एनपिएलको उपाधिका लागि सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुनेछ ।

TOP