फिक्कल
सूर्योदय नगरपालिका ११ को कृष्ण आधाभुत बिद्यालयमा सम्मान, शैक्षिक सामग्री वितरण पोषाक वितरण सहित शैक्षिक मेला सम्पन्न भएको छ ।२०६६ साल देखि मल्टि ग्रेड मल्टि लेभल(एजी.एम.एल.) कक्षा संचालन हुदै आएको उक्त बिद्यालयलेएक कार्यक्रमका बिच विद्यालय स्थापना कालदेखि सहयोग गर्ने दातालाई सम्मान, बिद्यार्थीलाइृ शैक्षिक सामग्री वितरण, पोषाक वितरण तथा शैक्षिक मेला सम्पन्न सम्पन्न गरेको हो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्दिप राईको अध्यक्षता तथा नगर प्रमुख रण बहादुर राईको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी , कृषि ज्ञानकेन्द्र इलामका प्रमुख रविकिरण अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्थापनाकाल देखि बिद्यालयलाई बिभन्न क्षेत्रबाट सहयोग गर्ने ब्यक्तिलाई सम्मान गरीएको थियो । कार्यक्रममा बिद्यार्थीलाई शैक्षिक सामग्री र पोषाक वितरण गरीएको बिद्यालयका प्रधानाध्यापक रिना राईले जानकारी दिनु भयो ।
उक्त कार्यक्रममा कलाकार भुपेन्द्र राई, अविजित अधिकारीले बिभिन्न सांगीतिक कोसेली प्रस्तुत गर्नु भयो । कार्यक्रम सम्पन्न गर्न वडाका ४ वटै टोल बिकास संस्थाले सहयोग गरेका थिए । उक्त बिद्यालय संचालन गर्नका लागि बिदेशमा रहने शुन्तले बासीको सहयोग रहदै आएको छ । उक्त बिद्यालय नगरको नमुना बिद्यालयको रुपमा रहदै आएको छ ।