Uncategorized फिक्कल माध्यमिक बिद्यालयको १०५ औं बार्षिक उत्सव सम्पन्न खेलकुद सूर्योयमा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु जीवनशैली कार्य सम्पादन मूल्यांकनमा सूर्याेदय पहिलो अर्थ वाणिज्य इलामको सूर्योदयमा १५ दिन भित्रमा मालपोत र नापी कार्यालय स्थापना हुने अर्थ वाणिज्य ६ लाख ९० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा इलाममा सम्पन्न जीवनशैली सशस्त्र प्रहरीद्धारा केश कर्तक तालिम सञ्चालन अर्थ वाणिज्य अंग्रेजी नयाँ बर्षमा कन्याममा ‘फुड एण्ड कल्चरल फेस्टिवल’ हुने अर्थ वाणिज्य ३ लाख ८० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा फिक्कलमा सम्पन्न जीवनशैली इलाम क्षेत्र नं. १ मा सर्वसम्मत नेतृत्व चयन गर्न कांग्रेस पूर्व सभापति फोरमको पहल जीवनशैली कन्याम चिया बगानका २२ जना श्रमिकलाई निःशुल्क चस्मा वितरण
Hamropalika menu advertisement

सूर्योदयको बार्षिक नीति,बजेट तथा कार्यक्रम साउन १९ गते सार्वजनिकीकरण गरीने

  • प्रकाशित मितिः February 19, 2026
  • हाम्रो पालिका
सूर्योदयको बार्षिक नीति,बजेट तथा कार्यक्रम साउन १९ गते सार्वजनिकीकरण गरीने

फिक्कल : सूर्योदय नगरपालिकाको आर्थिक बर्ष २०८२/०८३ को बार्षिक नीति ,बजेट तथा कार्यक्रमको साउन १९ गते सार्वजनिकीकरण कार्यक्रम गरीने भएको छ । नगरको आयोजनमा फिक्कल माध्यमिक बिद्यालयको प्राङ्गडमा एक समारोहको आयोजना गरी बार्षिक नीति ,बजेट तथा कार्यक्रमको सार्वजनिकीकरण गर्ने तयारी गरीएको हो ।
नगरले बर्षेनी बार्षिक नीति ,बजेट तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रमको अवसरमा बिभिन्न कार्यक्रम गर्दै आएको छ । प्रत्येक बर्ष नगरले नगर क्षेत्रमा बिभिन्न बिधामा उत्कृष्ठ काम गर्ने ब्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको छ । यस बर्षको सार्वजनिकीकरण कार्यक्रममा इलाम क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यता र ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनको बिशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न हुने नगरपालिका स्रोतले जनाएको छ । उक्त अवसरमा बिभिन्न सांस्कृति कार्यक्रम समेत सम्पन्न हुने छन । नगरपालिकाले सबै सरोकारवाला र नगरबासीलाई कार्यक्रममा उपस्थित हुन अनुरोध समेत गरेको छ ।आर्थिक बर्ष २०८२/०८३ का लागि नगरपालिकाले गत जेठ १० गते १ अर्व ४० करोडको बजेट प्रस्तुत गरी पारित गरेको थियो ।

TOP