फिक्कल: इलामको सूर्योदय नगरपालिकाले नगर क्षेत्रमा बृक्षारोपण अभियानको थालनी गरेको छ । निजी तथा सार्वजनिक जमिनमा बिगतका बर्ष देखि बृक्षारोपण अभियान संचालन गर्दै आएको नगरपालिकाले यस बर्ष पनि बिभिन्न जातका बिरुवा ल्याई बृक्षारोपण अभियान संचालन थालेको हो।
नगरपालिकाको आयोजनामा बुधबार सूर्योदय १० को फेन्सोङ गुम्बा परिसरमा बृक्षारोपण गरी अभियानको थालनी गरीएको छ । नगर प्रमुख रण बहादुर राई र नगर उप प्रमुख दुर्गा कुमार बरालले बिरुवा रोपेर अभियानको थालनी गर्नु भयो । कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
नगरले सल्ला, अम्बक, कटहर , बडर , लिजी सहितका बिरुवा बिभिन्न ठाउँवाट खरीद गरी ल्याएको छ । खरिद गरी ल्याइएका बिरुवा खाली रहेका सार्वजनिक जमिन, कार्यालय परिसर र निजी जमिनमा रोप्नका लागि १४ वटै वडामा निशुल्क बितरण गरीने नगरको बन वातावरण तथा बिपत ब्यवस्थापन शाखा प्रमुख इश्वरी अधिकारीले जानकारी दिनु भयो । बिगतका बर्षमा पनि नगरले लाखौ बिरुवा रोपे पनि संरक्षणको भने अभाव देखिएको छ ।