Uncategorized फिक्कल माध्यमिक बिद्यालयको १०५ औं बार्षिक उत्सव सम्पन्न खेलकुद सूर्योयमा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु जीवनशैली कार्य सम्पादन मूल्यांकनमा सूर्याेदय पहिलो अर्थ वाणिज्य इलामको सूर्योदयमा १५ दिन भित्रमा मालपोत र नापी कार्यालय स्थापना हुने अर्थ वाणिज्य ६ लाख ९० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा इलाममा सम्पन्न जीवनशैली सशस्त्र प्रहरीद्धारा केश कर्तक तालिम सञ्चालन अर्थ वाणिज्य अंग्रेजी नयाँ बर्षमा कन्याममा ‘फुड एण्ड कल्चरल फेस्टिवल’ हुने अर्थ वाणिज्य ३ लाख ८० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा फिक्कलमा सम्पन्न जीवनशैली इलाम क्षेत्र नं. १ मा सर्वसम्मत नेतृत्व चयन गर्न कांग्रेस पूर्व सभापति फोरमको पहल जीवनशैली कन्याम चिया बगानका २२ जना श्रमिकलाई निःशुल्क चस्मा वितरण
Hamropalika menu advertisement

सूर्योदयमा बृक्षारोपण अभियान शुरु

  • प्रकाशित मितिः February 20, 2026
  • हाम्रो पालिका
सूर्योदयमा बृक्षारोपण अभियान शुरु

फिक्कल: इलामको सूर्योदय नगरपालिकाले नगर क्षेत्रमा बृक्षारोपण अभियानको थालनी गरेको छ । निजी तथा सार्वजनिक जमिनमा बिगतका बर्ष देखि बृक्षारोपण अभियान संचालन गर्दै आएको नगरपालिकाले यस बर्ष पनि बिभिन्न जातका बिरुवा ल्याई बृक्षारोपण अभियान संचालन थालेको हो।
नगरपालिकाको आयोजनामा बुधबार सूर्योदय १० को फेन्सोङ गुम्बा परिसरमा बृक्षारोपण गरी अभियानको थालनी गरीएको छ । नगर प्रमुख रण बहादुर राई र नगर उप प्रमुख दुर्गा कुमार बरालले बिरुवा रोपेर अभियानको थालनी गर्नु भयो । कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
नगरले सल्ला, अम्बक, कटहर , बडर , लिजी सहितका बिरुवा बिभिन्न ठाउँवाट खरीद गरी ल्याएको छ । खरिद गरी ल्याइएका बिरुवा खाली रहेका सार्वजनिक जमिन, कार्यालय परिसर र निजी जमिनमा रोप्नका लागि १४ वटै वडामा निशुल्क बितरण गरीने नगरको बन वातावरण तथा बिपत ब्यवस्थापन शाखा प्रमुख इश्वरी अधिकारीले जानकारी दिनु भयो । बिगतका बर्षमा पनि नगरले लाखौ बिरुवा रोपे पनि संरक्षणको भने अभाव देखिएको छ ।

TOP