फिक्कल: इलामको सूर्योदय नगरपालिकामा बैदेशिक रोजगारीबाट फर्कीएका आप्रवासी ब्यवसायी तथा उद्यमीलाई सहयोग हस्तान्तरण गरीएको छ । श्रम तथा रोजगार प्रवर्धन शाखा तथा रोजगार सेवा केन्द्र(रेमी)ले बैदेशिक रोजगारीबाट फर्कीएका ब्यक्तिको पुनः एकीकरण कार्यक्रम अन्र्तगत नगरका सक्रिय उद्यमी, ब्यवसायीलाई सम्मान सहित सामग्री हस्तान्तरण गरेको हो ।
नगर प्रमुख रण बहादुर राईको अध्यक्षतामा भएका कार्यक्रमा श्रम तथा रोजगार शाखा प्रमुख बिष्णु रिजालले नगरको आप्रवासी कामदार कार्यबिधि २०८२ अनुसार ७ वटा मापदण्डका आधारमा रोजगार श्रृजना गर्दै आएका र दुर्गमका उद्यमी ब्यवसायीलाई ३ लाख ५० हजार बराबरको सामग्री हस्तान्तरण गरीएको जानकारी दिनु भयो ।
रेमीले नगरको उत्कृष्ठ ब्यवसायीको रुपमा कषि तथा पशुपालन तर्फ राजेन्द्र तुम्लिङे र सपना सुवेदीलाई नगद १५ हजार सहित सम्मान गरेको छ । यस्तै सम्मानीत हुनेहरुमा बिश्वास सुब्बा , रमेश गजुरेल ,राजेन्द्र गिरी , गोपाल राई , मिन बहादुर खडका सहदेव तामाङ जनकलाल कट्टेल, बिशाल प्रधान लगायतलाई नगद १० हजार सहित सम्मान गरेको रेमी परियोजनाका संयोजक इश्वरी तामाङले जानकारी दिनु भयो ।
कार्यक्रममा सहयोग सामग्री समेत ब्यवसायीलाई हस्तान्तरण गरीएको थियो । नगर प्रमुख राईले बैदेशिक रोजगारीबाट फर्कीएका ब्यक्तिलाई आफनै ठाउमा सम्मान जनक रोजगारीका लागि परियोजनाले ठूलो सहयोग गरेको बताउनु भयो । उप प्रमुख दुर्गाकुमार बरालले बिदेशबाट आएका ब्यक्तिले फेरी बिदेश नै जानु नपरोस भनेर नगरले बिभिन्न कार्यक्रम संचालन गरीरहेको जानकारी दिदै पाएका सामग्रीको सहि सदुपयोग गर्न आग्रह गर्नु भयो । कार्यक्रममा नगरका प्रशासकीय अधिकृत लुना खतिवडा , आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सूर्योदय नगर अध्यक्ष खगेन्द्र बास्तोला लगायतले आफनो धारण राख्नु भएको थियो ।
परियोजनाले यस अघि बैदेशीका रोजगारीबाट फर्कीएर ब्यवसायमा लागेका ब्यक्तिलाई चक्रिय बीउ पुजी हस्तान्तरण गरेको थियो ।
