कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

फिक्कलमा अभिनय कार्यशाला

  • प्रकाशित मितिः November 12, 2025
  • हाम्रो पालिका
फिक्कलमा अभिनय कार्यशाला

फिक्कल: राइटर्स इन्टरनेसनल ग्लोबल कमिटीको आयोजना तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा १५ दिने अभिनय कार्यशाला सुरु भएको छ ।सूर्योदय नगरपालिका–१०, फिक्कल इलाममा रहेको फिक्कल माध्यमिक विद्यालयका ६ देखि १० कक्षासम्मका २६ जना विद्यार्थी अभिनय कार्यशालामा सहभागी रहेका छन् ।समारोहलाई सम्बोधन गर्दै सूर्योदय नगरपालिकाका उपप्रमुख एवं अभिनय कार्यशाला उद्घाटन समारोहका प्रमुख अतिथि दुर्गाबहादुर बरालले यस्ता खालका कार्यक्रमले विद्यार्थीको व्यक्तित्व विकासका लागि महत्वपूर्ण भूमिका खेल्छ भन्दै आफ्नो विगतको गायन तथा रचनात्मक काममा सधैँ अगाडि रहेको समयलाई सम्झिनुभयो ।

उहाँले आफैँ कलालाई नजिकबाट महसुस गरेको र कला मान्छेको महत्वपूर्ण पाटोका रूपमा लिँदै, यस्ता कार्यक्रमका लागि नगरपालिकाले बजेट विनियोजनमा कुनै कन्जुस्याइँ नगर्ने कुरा बताउनुभयो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ एवं नाटक प्रशिक्षक पुरु लम्सालले कला र संस्कृतिका क्षेत्रमा स्थानीय सरकारले लगानी गर्नुपर्ने कुरामा जोड दिँदै उहाँले भाइबहिनीहरूलाई यो छोटो समयको प्रशिक्षणले आफूभित्र लुकेको प्रतिभा उजागर गर्ने अवसरका रूपमा लिन अनुरोध गर्नुभयो । कार्यक्रमका सभापति एवं विद्यालय प्रधानाध्यापक गङ्गाबहादुर महतले कार्यशालाले विद्यार्थीको शैक्षिक ज्ञान मात्र नभई कलात्मक, रचनात्मक र व्यावहारिक रूपले पनि सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।गोरखापत्र दैनिकबाट

TOP