फिक्कल: इलामको सर्योदय नगरपालिका ८ छिपिटारबाट एक जना लागु औषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । सशत्र प्रहरी बल सुरक्षा बेस क्याम्प आइतबारेबाट खटीएको प्रहरी टोलीले हिजो साझ लागु औषध कारोबार भईरहेको अवस्थामा सूर्योदय ८ का ३८ बर्षीय सुनिल श्रेष्ठाई पक्राउ गरीएको हो ।
श्रेष्ठको साथबाट प्लाष्टिकमा पोको पारी राखेको १६० मिलिग्रम र प्लाष्टिक बाहिर १३८ मिलिग्राम खैरो हिरोइन प्रहरीले फेला पारेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । उक्त स्थानमा खनतलासी गर्दा थप ४ पोकामा २७६ मिलिग्राम खैरो हिरोइन फेला परेको छ ।
शसस्त्र प्रहरीले फिक्कल प्रहरी चौकीमा बुझाएका श्रेष्ठलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगर लगिएको छ ।