फिक्कल: इलामको करफोकमा पर्यटन पत्रकारिता सम्बन्धि तीन दिने तालिम शुरु भएको छ । कोशी प्रदेश पर्यटन बर्ष २०८२ को अवसरमा पर्यटन क्षेत्रको थप प्रचार प्रसारमा सहयोग पु¥याउने उद्देश्यले इलाम, झापा, पाँचथर र ताप्लेजुङका ४० बढी पत्रकारका लागि उक्त तालिम संचालन गरीएको हो ।
पर्यटन कार्यालय काकडभिट्टाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ झापाको आयोजना र फोटो पत्रकार मंञ्च झापाको समन्वयमा शुरु भएको तालिममा पत्रकारिता मार्फत पर्यटन प्रवर्धन, रैथाने खाना परिकार र कोशी भ्रमण प्रदेशको पर्यटन बर्षका बिषयमा केन्द्रित हुने छ ।
पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि संघीय सांषद महेश बस्नेताले उक्त कार्यक्रमको उद्घाटन गर्नु भयो। तालिमको सहजीकरण पत्रकार केदार शर्माले पर्यटन र रैथाने खाना परिकार, पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीले क्रस बोर्डर पर्यटन सम्बन्धि, पर्यटन कार्यालय काकडभिट्टाका पर्यटन अधिकृत निरज कट्टेलले भ्रमण बर्षका बिषयमा र पर्यटन रिर्पोटिङका बिषयमा पत्रकार बिराट अनुपमले प्रशिक्षण दिने आयोजक पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले जानकारी दिनु भयो ।
कार्यक्रममा सांसद बस्नेतले प्रकृति र संस्कृति दुई कुराले नेपालको पर्यटन क्षेत्र अब्बल रहे पनि पर्यटन क्षेत्र गुठबन्दीमा परेको बताउनु भयो । ‘नेपालमा उच्च तहको बुझाई नै पर्यटन क्षेत्रका रुपमा काठमाण्डौ, पोखरा र चितवनलाई मात्र बुझने छ, हाम्रा जस्ता सुन्दर ठाउँ अव खोजीनु पर्दछ ।’
पत्रकार महासंघका संस्थापक महासचिव भण्डारीले देशको सबै क्षेत्र धरायसी बन्दा पर्यटन क्षेत्र अलिकति बचेको बताउनु भयो । उहाले कोठे पत्रकारिता गरेर पत्रकारिता मार्फत पर्यटन प्रवर्धन नहुने बताउदै सम्बन्धित ठाउँमै पुगेर खोजमुलक पत्रकारिता गर्नु पर्ने बताउनु भयो ।
पर्यटन कार्यालय काकडभिट्टाका पर्यटन अधिकृत कट्टेलले कोशी प्रदेश भ्रमण बर्षको तयारीका लागि पहिलो चरणमा पर्यटन बर्ष घोषणा गरीएको बताउनु भयो । उहाले पत्रकारिता मार्फत पर्यटन क्षेत्रको उजागर गर्न तालिम संचालन गरीएको जानकारी दिनु भयो ।