फिक्कल: इलामको सूर्योदय नगरपालिकामा एआई एक्सरे प्रविधिबाट क्षयरोग (फोक्सो) को परीक्षण गरिएको छ । सूर्योदय नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा फिक्कल नगर अस्पतालमा दुई दिन सम्म संचालन भएको शिविरमा आठ सय २२ जनाको क्षयरोगको परीक्षण गरीएको हो ।
एआई एक्सरे प्रविधिबाट ८२२ जनाको परीक्षण गर्दा ९६ जना शकास्पद बिरामी फेला गरेका छन । जसमा ८ जनामा क्षयरोग पहिचान भएको सूर्योदय नगरपालिका शाखा प्रमुख बिपुल अधिकारीले जानकारी दिनु भयो। प्रविधिको माध्यमबाट समयमै क्षयरोगको पहिचान गरी उपचारमा सहयोग पु¥याउने उदेश्यले सञ्चालन गरिएको उक्त शिविरमा नगरवासीको उल्लेखनीय सहभागिता रहेको थियो।
शिविरको नगर प्रमुख रण बहादुर राईले अनुगमन गर्दै प्रविधियुक्त स्वास्थ्य सेवाको विस्तारले नगरवासीको जीवनस्तर उकास्न मद्दत पु¥याउने बताउनु भयो । शिविरमा धेरैजसो सेवाग्राहीले एआई एक्सरे परीक्षण गराएका थिए भने, शंका लागेका बिरामीलाई थप उपचार शुरु गरिएको छ । जिल्ला अस्पताल इलामका डाक्टर सारस घिमिरले उक्त प्रविधिका कारण छिटो रोग पत्ता लगाई समयमै उपचार गर्न सकिने जानकारी दिनु भयो ।
उक्त एआई प्रविधि चालु आर्थिक बर्षमा स्वास्थ्य मन्त्रालयले ७ वटै प्रदेशमा एक÷एक वटा उपलब्ध गराएको थियो । उक्त उपकरण पालैपालो जिल्लामा ल्याएर क्षयरोगको परीक्षण गरिने गरिएको छ ।