कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

पुन्य स्मारिको ३७ औं बार्षिक उत्सव सम्पन्न

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
पुन्य स्मारिको ३७ औं बार्षिक उत्सव सम्पन्न

फिक्कल: सूर्योदय नगरपालिका ११ को पुन्य स्मारिका आधारभुत बिद्यालयको ३७ औं बाािर्षक उत्सव कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयले खेलकुद , सांस्कृति कार्यक्रम तथा सम्मान कार्यक्रम सहित ३७ औं बार्षिक उत्सव मनाएको हो ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष महेश राईको अध्यक्षता तथा सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बर्ष उत्कृष्ठ शिक्षकको रुपमा सुजन खत्रीलाई सम्मानीत गरीयो । त्यस्तै बिद्यालय ब्यवस्थापन समिति सदस्य चन्द्रमान राई, शिक्षक अविभावक संघका सदस्य रोषन रेग्मी र अविभावक बविता लिम्बुलाई उत्कृष्ठ कार्य गरे बापत सम्मान गरीएको थियो । यस्तै उत्कृष्ठ र अनुसासित बिद्यार्थीलाई समेत सम्मान गरीएको छ । बिद्यालयको बार्षिक उत्सवको अवसरमा आयोजित बिभिन्न प्रतियोगिताका बिजेता उप बिजेता बिद्यार्थीलाई समेत पुरस्किृत गरीयो ।
बिद्यालयका प्रधानाध्यापक डिल्लीरमण पौडेलले २०७२ साल देखि बिद्यालयले बाल बचत शुरु गरेको जानकारी दिनु भयो । उहाले आगामी शैक्षिक सत्र देखि कक्षा ९ को पढाई शुरु गरी बिद्यालयलाई माध्यमिक स्तरमा संचालन गर्न पहल थालिएको जानकारी दिनु भयो । शाखा प्रमुख भट्टराईले उक्त बिद्यालयले शैक्षिक गुणस्तर सुधार गर्दै लगेको जानकारी दिनु भयो । उहाले बिद्यालयले पढाईका अवला अन्य क्रियाकलाप समेत राम्रो गरेको जानकारी दिनु भयो । कक्षा ८ सम्म अग्रेजी माध्यममा पठनपाठन हुदै आएको उक्त बिद्यालयमा पछिल्लो समय बिद्यार्थी संख्या बढने क्रम जारी छ ।

TOP