अर्थ वाणिज्य इलामको सूर्योदयमा १५ दिन भित्रमा मालपोत र नापी कार्यालय स्थापना हुने अर्थ वाणिज्य ६ लाख ९० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा इलाममा सम्पन्न जीवनशैली सशस्त्र प्रहरीद्धारा केश कर्तक तालिम सञ्चालन अर्थ वाणिज्य अंग्रेजी नयाँ बर्षमा कन्याममा ‘फुड एण्ड कल्चरल फेस्टिवल’ हुने अर्थ वाणिज्य ३ लाख ८० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा फिक्कलमा सम्पन्न जीवनशैली इलाम क्षेत्र नं. १ मा सर्वसम्मत नेतृत्व चयन गर्न कांग्रेस पूर्व सभापति फोरमको पहल जीवनशैली कन्याम चिया बगानका २२ जना श्रमिकलाई निःशुल्क चस्मा वितरण जीवनशैली माईजोगमाई गाउँपालिकामा सोधपुछ तथा सहायता कक्ष स्थापना प्रदेश पूर्व सभापति फोरमको पहल : इलाम क्षेत्र नं १ मा कांग्रेसको सर्वसम्मत नेतृत्वको खोजी जीवनशैली सूर्योदयमा लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न
Hamropalika menu advertisement

राष्ट्रपति रनिङ शिल्डको उपाधि इलाम नगरपालिकालाई

  • प्रकाशित मितिः February 9, 2026
  • हाम्रो पालिका
राष्ट्रपति रनिङ शिल्डको उपाधि इलाम नगरपालिकालाई

फिक्कल :इलाम जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को उपाधि इलाम नगरपालिकाले जितेको छ । इलामको माई नगरपालिकाको शितली खेल मैदानमा सम्पन्न प्रतियोगितामा २२ स्वर्ण, १३ रजत र ८ काश्य पदक सहित इलाम नगरपालिकाले उपाधि जितेको हो ।
यो संगै इलाम नगरपालिकाले लगातार प्रतियोगिताको उपाधि जितेको तीन बर्ष भएको छ । ६ वटा बिधा लागि भलिवल, कवडी, एथलेटिक्स, उसु, कराँते, तेक्वान्दो गरी ६६ बिधामा खेल सम्पन्न भएका थिए । प्रतियोगितामा सूर्योदय नगरपालिका १८ स्वर्ण , १३ रजत र २० काश्य पदक सहित दोस्रो भएको छ । यस्तै माई नगरपालिकाले १२ स्वर्ण, १२ रजत र २१ काश्य सहित तेस्रो भएको जिल्ला खेलकुद बिकास समिति इलामका कार्यालय प्रमुख नारायण भट्टराईले जानकारी दिनु भयो ।
प्रतियोगितामा माङसेबुङ गाँउपालिका ४ स्वर्ण, ३ रजत र २ कास्य सहित चौथो, माईजोगमाई गाँउपालिका ३ स्वर्ण, १० रजत र २ कास्य सहित जित्दै पाँचौ, चुलाचुली गाँउपालिका २ स्वर्ण, ३ रजत र १९ कास्य सहित जित्दै छैटौ बनेको छ ।सन्दकपुर गाँउपालिका २ स्वर्ण सहित सातौ, रोङ गाउँपालिका १ स्वर्ण, ६ रजत र १५ कास्य सहित जित्दै आठौ, देउमाई नगरपालिका १ स्वर्ण, ५ रजत र ५ कास्य सहित जित्दै नवौ र फाकफोकथुम गाँउपालिका १ स्वर्ण, २ रजत र ६ कास्य सहित हात पार्दै दशौ स्थानमा परेको छ ।
बिजेता खेलाडी र पालिकालाई जिल्ला खेलकुद बिकास समिति इलामका अध्यक्ष खगेन्द्र बास्तोला र माई नगरपालिकाका नगर प्रमुख खम्बासिं लिम्बुले पुरस्कार बितरण गर्नु भएको थियो । माई नगरपालिकाले कार्यक्रम आयोजना गरी प्रतियोगिता सम्पन्न गर्न जिल्ला खेलकुदलाई १३ लाख रुपियाँ सहयोग गरेको थियो । अर्को बर्षको प्रतियोगिता सूर्योदय नगरपालिकामा हुने भएको छ ।
बिगत तीन बर्ष देखि राष्ट्रपति रनिङ शिल्ड ग्रामिण क्षेत्रमा गर्न थालिए पछि प्रतियोगितालाई पालिकाहरुले प्रतिष्पर्धाको रुपमा लिएर सहभागीता जनाउन थालेका छन् ।

 

TOP