अर्थ वाणिज्य इलामको सूर्योदयमा १५ दिन भित्रमा मालपोत र नापी कार्यालय स्थापना हुने अर्थ वाणिज्य ६ लाख ९० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा इलाममा सम्पन्न जीवनशैली सशस्त्र प्रहरीद्धारा केश कर्तक तालिम सञ्चालन अर्थ वाणिज्य अंग्रेजी नयाँ बर्षमा कन्याममा ‘फुड एण्ड कल्चरल फेस्टिवल’ हुने अर्थ वाणिज्य ३ लाख ८० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा फिक्कलमा सम्पन्न जीवनशैली इलाम क्षेत्र नं. १ मा सर्वसम्मत नेतृत्व चयन गर्न कांग्रेस पूर्व सभापति फोरमको पहल जीवनशैली कन्याम चिया बगानका २२ जना श्रमिकलाई निःशुल्क चस्मा वितरण जीवनशैली माईजोगमाई गाउँपालिकामा सोधपुछ तथा सहायता कक्ष स्थापना प्रदेश पूर्व सभापति फोरमको पहल : इलाम क्षेत्र नं १ मा कांग्रेसको सर्वसम्मत नेतृत्वको खोजी जीवनशैली सूर्योदयमा लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न
Hamropalika menu advertisement

इलामको दानाबारीमा आज देखि राष्ट्रपति रनिङ शिल्ड

  • प्रकाशित मितिः February 9, 2026
  • हाम्रो पालिका
इलामको दानाबारीमा आज देखि राष्ट्रपति रनिङ शिल्ड

दानाबारी(इलाम) इलाम जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट शुरु हुदै छ । माई नगरपालिकको शितली खेलमैदानमा जिल्लाका १० पालिकाका नौ सय हाराहारी खेलाडीले बिभिन्न ६ बिदाका खेलमा प्रतिष्पर्धा गर्ने गरी प्रतियोगिता शुरु हुन लागेको हो ।
जिल्ला खेलकुद बिकास समिति इलाको आयोजना र ब्यवस्थापक माइ नगरपालिकाको ब्यवस्थापनमा हुने प्रतियोगितामा १० पालिकाका ८९५ बिद्यार्थी , १० जनाका दरले १० पालिकाका १०० जना प्रशिक्षक, रेफ्री , अफिसियल गरी एक हजार ५०० बढीको सहभागीता रहने छ । प्रतियोगितामा ६ वटा बिधा लागि भलिवल, कवडी, एथलेटिक्स, उसु, कराँते, तेक्वान्दो रहने जिल्ला खेलकुद बिकास समिति इलामका अध्यक्ष खगेन्द्र बास्तोलाले जानकारी दिनु भयो । प्रतियोगितामा सहभागी हुन सबै पालिकाका खेलाडी शितली आइपुगेका छन । खेलाडीको बसोबासको ब्यवस्थापन माई नगरपालिकाले गरेको छ । प्रतियोगिता सम्पन्न गर्न आयोजकलाई माइ नगरपालिकाले १३ लाख रुपियाँ सहयोग गरेको छ ।
माई नगरपालिकाका नगर प्रमुख खम्बासिं लिम्बुले ग्रामिण खेलकुदको जग भएकाले प्रतियोगिता पालिकामा संचालन गरीएको जानकारी दिनु भयो । समितिले जिल्ला सदरमुकाममा हुदै आएको प्रतियोगितालाई ग्रामिण खेलकुदको बिकास गर्ने उद्देश्यले बिगत तीन बर्ष देखि पालिका स्तरमा संचालन गर्दै आएको छ । जिल्ला खेलकुद बिकास समिति इलामका कार्यालय प्रमुख नारायण भट्टराईका अनुसार आगामी बर्ष सूर्योदय नगरपालिकाले प्रतियोगिता संचालन गर्ने गरी आजै झण्डा हस्तान्तरण गरिदै छ । प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री राम राना मगरले गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिता तीन दिन सम्म संचालन हुने छ ।

TOP