कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

मेची राजमार्गको बन्द खुलाउन यातायात व्यवसायीको माग

  • प्रकाशित मितिः November 12, 2025
  • हाम्रो पालिका
मेची राजमार्गको बन्द खुलाउन यातायात व्यवसायीको माग

फिक्क्ल : यातायात व्यवसायीले ताप्लेजुङ पाथीभरामा जारी विवादका कारण मेची राजमार्गमा बन्द यातायात अविलम्ब खुलाउन माग गरेका छन् ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, जिल्ला समन्वय समिति झापा, इलाम, पाँचथर र ताप्लेजुङले बिहीबार विज्ञप्ति जारी गरी तीन दिनसम्म पनि यातायात खुल्न नसक्दा व्यवसायीलाई अतिरिक्त भार परिरहेको जनाएको छ ।

नेपाल सरकारलाई २ सय ६० प्रतिशतसम्म भन्सार शुल्क बुझाएर चर्को मूल्यमा बैंकबाट ऋण लिएर खरिद भएका सवारीसाधन चल्ने वातावरण नहुँदा मासिक किस्ता बुझाउन समेत समस्या हुने व्यवसायीको भनाइ छ । उनीहरुले सरकार र आन्दोलनरत पक्षबीच बार्ता गरी समस्याको समाधान खोज्न पनि अपिल गरेका छन । बन्द जारी रहदा हजारौ यात्री अलपत्र परेका छन ।

TOP