कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

सूर्योदय १३ को ज्योति माध्यमिक बिद्यालयमा बिभिन्न सांस्कृतिक कार्यक्रम सम्पन्न

  • प्रकाशित मितिः November 14, 2025
  • हाम्रो पालिका
सूर्योदय १३ को  ज्योति माध्यमिक बिद्यालयमा बिभिन्न सांस्कृतिक कार्यक्रम सम्पन्न

फिक्कल : सूर्योदय नगरपालिका १३ को ज्योति माध्यमिक बिद्यालयमा बिभिन्न सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । २०८१ को देउसी भैलो समापन तथा सांस्कृतिक कार्यक्रम समापनको अवसरमा बिभिन्न कार्यक्रम सम्पन्न गरीएको हो ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिननाथ मिश्रको अध्यक्षता तथा सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिभिन्न सास्कृतिक कार्यक्रम सम्पन्न भयो । बिद्यालयका प्रधानाध्यापक दिपक पौडेलले कार्यक्रममा स्वागत मन्तब्य राख्दै बिद्यालयलाई चलायमान बनाउन सबै क्षेत्रको सहयोगको आवश्यक्ता रहेको औल्याउनु भयो । करफोक बिद्यामन्दिर माध्यमिक बिद्यालयका अध्यक्ष तथा कलाकार भुपेन्द्र राईको संयोजनमा भएको सांस्कृतिक कार्यक्रममा बिद्यालयका शिक्षक शिक्षिकाले देउसी गीत पस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा कलाकार पुजन प्रधान, भुपेन्द्र राई , चन्दन किसोर राई , तुलसी क्षेत्री , कृतिका राई , गायत्रा ओली, बृष प्रधान, प्रविन बिसी लगायत दजनौ कलाकारले आफनो प्रस्तुती दिनु भएको थियो ।
सूर्योदय १३ का वडाध्यक्ष हेमराज आचार्य , वडा नं. ६ का वडाध्यक्ष शिवकुमार बस्नेत , शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराई लगायत बिभिन्न बिद्यालयका बिब्यस अध्यक्ष तथा प्रधानाध्यापक सहभागी कार्यक्रममा बिद्यालयलाई आवासीय ब्यवस्थापनका लागि आर्थिक सहयोग गरीएको थियो ।
कार्यक्रममा नगर प्रमुख राईले नगरे पाँचवटा क्षेत्रलाई बिशेष प्राथमिक्तामा राखेर काम गरीरहेको जानकारी दिनु भयो । उहाले १३ र १४ नं. वडामा नगरले पहिलो पटक छात्र÷छात्राबासको ब्यवस्था गरेको जानकारी दिनु भयो । उहाले शिक्ष क्षेत्रमा अहिले गरेको लगानीको प्रतिफल पछि देखिने जानकारी दिनु भयो ।
बिद्यालयकले पछिल्लो समय बिभिन्न कार्यक्रा गरी बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि काम गर्दै आएको छ ।

TOP