कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

एमाले इलाम नगर अध्यक्षमा श्रेष्ठ निर्वाचित

  • प्रकाशित मितिः November 14, 2025
  • हाम्रो पालिका
एमाले इलाम नगर अध्यक्षमा श्रेष्ठ निर्वाचित

इलाम :  नेकपा एमाले इलाम नगर अध्यक्षमा ठाकुरनारायण श्रेष्ठ निर्वाचित भएका छन् । गएराती सम्पन्न दोस्रो नगर अधिवेनको निर्वाचनमा श्रेष्ठ अत्यधिक मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठले एक सय ६९ मत प्राप्त गरी निर्वाचित हुँदा प्रतिष्पर्धी तिलक ठकुरीले ९३ मत मात्र प्राप्त गरे । ठकुरी यसअघिका नगर अध्यक्ष हुन् श्रेष्ठ नगर सचिव हुन् ।

उपाध्यक्षमा दिपेन्द्र चापागाईं निर्वाचित भएका छन् । उनले सन्जिव राईलाई पराजित गरे । सचिवमा नारदप्रसाल लम्साल निर्वाचित भएका छन् । उनले गायत्री थेगिमलाई पराजित गरे ।उपसचिवमा प्रकाश घिमिरे निर्वाचित भए । उनले ठाकुर कट्टेल र डिपी दुलाललाई पराजित गरे । महिला उपसचिवमा सरिता दियाली सर्वसम्मत भइन् ।

कार्यसमिति सदस्यहरुमा खुल्लातर्फ मतदानबाट र अन्यतर्फ सर्वसम्मत निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी दिए । अधिवेनबाट ६६ सदस्यीय नगर कमिटी निर्वािचित भएको उनले बताए ।शुक्रबार सदरमुकामस्थित गौतम बुद्ध सभागृहमा भएको नगर अधिवेशनको उद्घाटन एमाले केन्द्रीय सदस्य एवम् प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर रानाले गरेका थिए ।

TOP