कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

पाँचथरको फिदिममा पहिरोले घर पुर्दा आमाछोरीको मृत्यु

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
पाँचथरको फिदिममा पहिरोले घर पुर्दा आमाछोरीको मृत्यु

फिदिम:पाँचथरको फिदिम नगरपालिका ४ चिसापानीमा पहिरोले घर पुर्दा २ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा फिदिम १२ घर भई हाल फिदिम ४ मा अस्थायी वसोवास गर्ने २४ वर्षीया सपना शेर्पा र उहाँकी ५ वर्षीया छोरी डोल्मा शेर्पा हुनुहुन्छ ।

दुवैजनालाई आज बिहान ४ बजे पहिरोले पुरेको थियो । पहिरो गएको स्थानदेखि केही टाढा डेरा बस्ने उहाँहरु साथीको घरमा सुत्न आउनु भएको थियो ।

पहिरोले आदिवासी महासंघ पाँचथरको भवन पनि पुरेको छ । सोही भवन नजिकैको घर सडक माथिदेखि आएको पहिरोले पुर्दा आमा छोरीको ज्यान गएको हो । दुवै जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख (डिएसपी) हेमन्त भण्डारीले जानकारी दिनुभयो । गोरखापत्र

TOP