कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलामको फिक्कलबाट ब्राउन सुगर सहित २ जना पक्राउ

  • प्रकाशित मितिः November 15, 2025
  • हाम्रो पालिका
इलामको फिक्कलबाट ब्राउन सुगर सहित २ जना पक्राउ

फिक्कल :

इलामको फिक्कल बजारबाट अवैध लागुऔषध ब्राउन सुगर सहित शसस्त्र प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । सूर्योदय नगरपलिक १० फिक्कल बजारबाट बिहिबार साझ सूर्योदय नगरपालिका ९ स्थाई घर भएकी २१ बर्षीय अनिसा राई र माईजोगमाई २ घर भई फिक्कल बस्दै आएका २७ बर्षीय समिर महतलाई शसस्त्र प्रहरी आईतबारे वेश क्यामबाट खटिएको प्रहरीको टोलीले ब्राउन सुगर सहित पक्राउ गरेको हो । प्रहरीले राईको साथबाट ५७० मिलिग्राम र महतको साथबाट ३०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।शसस्त्र प्रहरी आईतबारे वेश क्यामबाट शसस्त्र प्रहरी निरीक्षक बिभु दाहालको कमाण्डमा खटिएको प्रहरीको टोलीले छुट्टछुट्टै करोबारमा सम्लग्न राई र महतलाई ब्राउन सुगर सहित पक्राउ गरेको छ । महिलाले कपडा पसलमा कारोबार गर्न लाग्दै गर्दा पुगेको प्रहरीले ब्राउन सुगर सहित ती महिलालाई पक्राउ गरीएको शसस्त्र प्रहरी आईतबारे बेश क्याम्पका शसस्त्र प्रहरी निरीक्षक बिभु दाहालले जानकारी दिनु भयो ।
प्रहरी निरीक्षक दाहालका अनुसार महतको घरमा खानतलासी गर्दा लुकाई राखेको अवस्थामा ब्राउन सुगर बरामद गरेको छ । ती महिलाले विगत १ वर्ष देखि फिक्कलमा कपडा पसल संचालन गर्दै आएकी थिइन । महत फिक्कलमा अस्थाई बसोबास गर्दै आएका थिए । फिक्कल प्रहरी चौकी , आइतबारे शसत्र प्रहरी चौकी ,जनप्रतिनिधि र संचारकर्मी लगायतको रोहबरमा पसल खानतलासी गरीएको प्रहरीले हाम्रो पालिकालाई जानकारी दिएको छ । पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि इलाका इलाका प्रहरी कार्यालय पशुपतिनगरमा बुझाईएको छ ।

TOP