कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

बैशाख १५ गते कांग्रेसलाई सबैले मतदान गर्छनः महामन्त्री बिश्व प्रकाश शर्मा

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
बैशाख १५ गते कांग्रेसलाई सबैले मतदान गर्छनः महामन्त्री बिश्व प्रकाश शर्मा

इलाम: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीलाई भरोसा गर्न सबैलाई आग्रह गरेका छन् । इलाम चोकबजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेसले सधै जनताकै पक्षमा काम गरेको भन्दै कहीँ कतै बेइमान नगरेको पनि बताए ।सो क्रममा उनले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने बताए । मकै पोलेकी आमाले थोरै थोरै पैसा जम्मा गरेर सहकारीमा गएर जम्मा गर्ने अनि त्यही पैसा अर्कैले कुम्ल्याउने राम्रो नभएको बताए ।
उनले गृहमन्त्री रवि लामिछाने सहकारीको ठगी प्रकरणमा मुछिएको भन्दै छानबिन गर्न संसदीय छानबिन समिति बनाउनु पर्ने बताएका हुन् ।
उनले दोषी भए कारबाही होस् मुक्त भए स्वागत गरौँ भनी उनले बताएका छन् । कांग्रेसका दुवै महामन्त्रीले २०४६ साल यताका सबै सार्वजनिक पदमा आसिनहरुको सम्पत्ति छानबिन गर्नुपर्ने भनी संसदमा प्रस्ताव दर्ता गराएको स्मरण गराउँदै महामन्त्री शर्माले गृहमन्त्री लामिछानेले पनि सहज रुपमा छानबिन गर्न दिनुपर्ने बताए ।रवि लामिछानेले सबै कुरा स्वीकार गर्ने तर छानबिन गर्न स्वीकार नगर्ने यो दुर्भाग्य भएको बताए । उनले इलामे एक सोझो राई दाइको उदाहरण दिँदै भनले राई दाइले पाँच हजार खायो भनेर उजुरी पर्यो भने प्रहरीले लगेर जाने अनि ८० करोड खायो भनेर उजुरी पर्यो भने प्रहरीले सलाम गर्नुपर्ने रु भनेर उनले प्रश्न गरे टीभीमा काम गर्ने रवि लामिछाने र सहकारीको ठगी गर्ने रवि लामिछाने एकै हो कि हैन रु छानबिन गरे स्पष्टै हुने पनि महामन्त्री शर्माले बताए ।
संघीयतामा विश्वास गर्ने पार्टी रास्वपाले किन बझाङ १ ९क० मा उम्मेदवार खोइ त रु भनी प्रश्नसमेत गरे ।रास्वपाका एक कार्यकर्ताको भनाइलाई उद्धृत गर्दै नेता शर्माले कांग्रेस छाडेर संघीयता नमान्नेको पछाडि लागेकाले अहिले पार्टीमा प्रवेश गरे लाज हुने भन्दै बैशाख १५ मा भने कांग्रेसलाई नै भोट हाल्ने बताएको सुनाए ।

TOP