कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलाममा छोरीले गर्दैछन् बाबुको ‘काजक्रिया’

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
इलाममा छोरीले गर्दैछन् बाबुको ‘काजक्रिया’

फिक्क्ल : हिन्दु धर्मावलम्बीहरुको परम्पराअनुसार बाबुआमाको मृत्यु हुँदा छोराले नै दागबत्ती दिने र काजकिरिया गरेको प्रचलन रहेको पाइन्छ । बाबुआमाको मृत्युपश्चात् छोरीले दागबत्ती दिन हुन्न भन्ने परम्परा अझै पनि यो समाजमा रहँदै आएको छ । तर पछिल्लो समयमा छोरीले पनि आफ्ना बाबुआमाको मृत्यु हुँदा दागबत्ती दिएको विरलै मात्रामा देख्न र सुन्न सकिन्छ ।

त्यस्तै समाजलाई चुनौती दिँदै उदाहरणीय छोरी बनेका छन् इलामका पुनम अधिकारी कार्की र उनका बहिनिहरु कल्पना अधिकारी कार्की,सुनी अधिकारी मगर र कान्छी बहिनी हेमकुमारी अधिकारी । बुवा भविन्द्र अधिकारीको गत फागुन ३० गते निधन भएपछि चार जना छोरी र आमा अनन कुमारी काजक्रियामा बसेका हुन् । हिन्दु धर्म संस्कार अनुसार छोरा मात्र क्रिया बस्नुपर्छ भन्ने मान्यतालाई अस्विकार गर्दै उनिहरु क्रिया बसेका छन् । सूर्योदय नगरपालिका–१२ का भविन्द्रको ८१ बर्षको उमेरमा निधन भएपछि छोरीहरु क्रिया बसेको स्थानीय रमेश भट्टराईले बताउनुभयो ।

महिला किरियाकर्ममा बस्न नपाउने भनि शास्त्रमा कहिँ उल्लेख नभएको कर्म गराई रहनु भएका याङका पण्डित सोमनाथ घिमिरेले बताउनु भयो । छोराछोरी बराबरी भएको भन्दै बुवाआमाको काजक्रिया छोराले मात्र गर्नुपर्छ भन्ने परम्परागत सोचमा परिबर्तन ल्याउनका लागि आफुहरु बुवाको काजमा बसेको जेठी छोरी पुनमले बताउनु भयो ।

TOP